Search

प्यूजोको नयाँ इलेक्ट्रीक एसयूभी नेपाल आउँदै

प्यूजोको नयाँ इलेक्ट्रीक एसयूभी नेपाल आउँदै

२२ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । यूरोपियन ब्राण्ड प्यूजोको नयाँ इलेक्ट्रीक कार ‘२००८’ मोडल नेपाल आउने भएको छ । कोभिड १९ को कारण देशका मुख्य सहरहरुमा लकडाउन भइरहेकाले नेपाल ल्याउन केहि ढिलाई भएको यो मोडल लकडाउन सकिएपछि नेपाल ल्याउने तयारी भएको हो ।

प्यूजोको आधिकारीक वितरक साँग्रिला मोटर्सले नेपाल ल्याउने प्यूजो २००८ इलेक्ट्रीकमा ५० किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री रहेको छ भने यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर प्रयोग भएको छ ।

यसलाई घरायसी विजुलीबाट ७.४ किलोवाट क्षमताको चार्जरले चार्जगर्दा फुलचार्ज हुन ७ घन्टा लाग्ने बताइएको छ । यसलाई ९९ किलोवाट क्षमताको डिसी चार्जरबाट ३१ मिनेट चार्जगर्दा २०० किलोमिटर गुगाउन सक्ने जनाइएको छ । एक पटक फुलचार्ज भएपछि यसलाई जस्तो सुकै मौसममा पनि २८५ किलोमिटर गुडाउन सकिने छ । सहरी क्षेत्रमा यसको रेञ्ज ३७५ किलोमिटर र हाइवेमा २२५ किलोमिटर रहने कम्पनीको दाबी छ । एनइडीसीले यसको रेञ्ज ४३० किलोमिटर र डब्ल्यूएलटीपी रेटिङले ३३१ किलोमिटर प्रमाणित गरेको छ ।

प्यूजो २००८ इलेक्ट्रीकको उच्चगति क्षमता १५० किलोमिटर प्रतिघन्टा रहेको छ । फ्रन्ट ह्वील ड्राइभ सिस्टम जडान भएको यो एसयूभी अहिले कम्वस्चन इन्जिनमा भने विक्री वितरण भइरहेको छ ।

यो एसयूभीको लम्बाई ४३०० एमएम, चौडाई १७७० एमएम र उचाई १५३० एमएम रहेको छ । यसमा २६५० एमएमको ह्वीलवेस ४३४ लिटरको बुटस्पेश पाउन सकिन्छ ।

नयाँ कारको मूल्य लगायतका विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । यद्यपी अन्तर्राष्ट्रिय बजारमा यसको सुरुवाती मूल्य ३० हजार पाउन्ड रहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!