Search

दोलखामा १० दिन निषेधाज्ञा

दोलखामा १० दिन निषेधाज्ञा

अजय प्रधान,
२२ बैशाख, बाँपीझ्याल, दोलखा ।
दोलखामा बुधबार राती १२ बजेदेखि लागुहुने गरी १० दिनसम्मका लागी निषेधाज्ञा गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आज जारी गरिएको बिज्ञप्तीमा जिल्लामा बुधबार राती १२ बजेदेखि लागू हुने गरी जेठ १ गतेसम्मका लागी निषेधाज्ञा गरिएको जनाएको छ ।

दोलखा जिल्लाको सदरमुकाम भीमेश्वर नगरपालीका, जिरी नगरपालीका, बैतेश्वर गाउँपालीका, विगु गाउँपालिका र मेलुङ गाउँपालीका लगाएतका गाउँपालीकाहरुमा कोरोना पुृष्टीको संख्या दिन दिनै बढ्दै थियो । यसै सिलसिलामा जिल्लामा क्रियाशिल राजनितिक दल, दोलखा उद्योग बाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स जिल्ला शाखा दोलखा, पत्रकार महासंघ दोलखा लगाएत संगको छलफल, निष्कर्श र डिसिसिएमसिको सिफारिसमा निषेधाज्ञा जारी गरिएको उक्त बिज्ञप्तीमा भनिएको छ ।

पिसिआर परिक्षण आजदेखि
यसै गरी दोलखा जिल्लामा करिव १० दिन अघि पिसिआर मेसिन सहितको ल्याव स्थापना गरिएकोमा आजदेखि उक्त ल्यावमा पिसिआर परिक्षण शुरु गरिएको छ । आज विहान दोलखा जिल्ला समन्वय समितीका प्रमुख डब्बल पाण्डे र भीमेश्वर नगरपालीकाका नगरप्रमुख भरत बहादुर केसीले संयुक्त रुपमा चरिकोट अस्पतालमा स्थापना गरिएको ल्यावको उद्घाटन गर्नु भयो । यो संगै जिल्लाबाट हिजोका दिनमा पिसिआर परिक्षणको लागि धुलिखेल पठाउँदै आएकोमा अवदेखि जिल्ला स्थित सदरमुकाममै हुने भएपछी विरामीहरुले कुर्नु पर्ने बाध्यता टरेको छ ।

कोभिड महामारीलाई लक्षित गर्दै दोलखा जिल्लाबाट संघ र प्रदेशमा प्रत्यक्ष निर्बाचित तीन जना सांसदहरु प्रति सांसद पचासलाखका दरले गरी रु. एक करोड पचासलाख बजेटबाट चरिकोट अस्पतालमा पिसिआर मेसिन सहितको परिक्षण प्रयोगशालाको स्थापना गरिएको हो ।
जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसदहरुमा पार्वत गुरुङ, पशुपती चौलागाईं र विशाल खड्काले स्थानिय पूर्वाधार विकास साझेदारी र प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमबाट पहिलो चरणकै कोराना महामारीको बेलामै डेढ करोड बजेट विनियोजन गरिएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!