बाँपीझ्याला, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात अध्यादेश जारी गरेकी छिन् । मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संविधान ११४ को उपधार १ बमोजिम सरकारले सिफारिस गरेका उल्लेखित अध्यादेश जारी गरेकी हुन् ।
मंगलबार जारी भएका अध्यादेशहरुमा यौन हिंसाविरुद्धको अध्यादेश, फौजदारी अभियोग सम्बन्धी अध्यादेश, औषधिसम्बन्धी अध्यादेश, संवैधािनक परिषदसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरीसम्धन्धी अध्यादेश र तेजाबसम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।