Search

डा. रिजालको ‘कर्मा’ सार्वजनिक

डा. रिजालको  ‘कर्मा’ सार्वजनिक

बाँपीझ्याला, काठमाण्डौं । विदेशमा बसे पनि फिल्म निर्माण र निर्देशन गर्ने नेपाली थुप्रै छन् । ती मध्येका एक हुन् डा. कपिल रिजाल । फिल्म निर्माता तथा गीतकार डा. भोला रिजालका छोरा कपिल पेशाले दन्त चिकित्सक हुन् । बेलाबेलामा फिल्म निर्देशनमा समेत उनी देखिँदै आएका छन् ।

यस्तैमा कपिलको निर्देशन रहेको छोटो फिल्म ‘कर्माः लाइफ इज ए बुम¥याङ, यु गेट ह्वाट यु गिभ’ सार्वजनिक भएको छ । अंग्रेजी भाषामा तयार पारिएको फिल्म जस्तो कर्म ग¥यो, त्यस्तै फल पाइन्छ भन्ने विषयमा केन्द्रित छ ।

लण्डनमा बस्दै आएका कपिल यो फिल्म केआर प्रडक्सन लण्डनको ब्यानरमा निर्माण भएको हो । फिल्ममा हलिउडका नाम चलेका प्राविधिकको समेत संलग्नता रहेकोछ ।

लण्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला, डेलीएलन, सपनकुमार राई, जेनामासे, ज्याकमासे, कारलाई बिक र निशान पुनको अभिनय फिल्ममा छ । सम्पूूर्ण छायाँंकन लण्डनमै भएको फिल्मको पोष्ट प्रोडक्सन नेपालमा गरिएको हो । सस्पेन्स थ्रिलर कथामा निर्माण भएको फिल्ममा रिजालकै पटकथा छ ।

फिल्ममा कथा बोर्डिङ ग्रेम जोन्स, संगीत भासोन ब्लु, स्टन्ट संयोजन इअनभ्यान टिम्परली, छायांकन फास्टस टक्ला र सम्पादन दिपेश केपीको छ ।
सपनकुमार राई, मिनो ओज, डेलीएलन र सुमन श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्म ११ मिनेट २२ सेकेन्ड अवधिको रहेको छ ।

रिजालले यसअघि कोरोना संक्रमणबाट हुने कोभिड १९ को विषयमा एक लकलाकार लिएर गिल्ट नाम छोटो फिल्म बनाएका थिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!