Search

नयाँ भेरियन्टको चपेटामा भारत प्रतिरक्षा प्रणाली नै नष्ट गर्ने बैज्ञानिकको दाबी

नयाँ भेरियन्टको चपेटामा भारत प्रतिरक्षा प्रणाली नै नष्ट गर्ने बैज्ञानिकको दाबी

अन्तराष्ट्रिय समाचार माध्यमको सामग्रीमा आधारित अनुवाद

२१ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो समय छिमेकी देश भारत कोरोना महामारी (कोभिड–१९) संक्रमणको नयाँ भेरियन्टको चपेटामा छ । जसका कारण भारतमा दैनिक ४ लाखको हाराहारीमा दैनिक नयाँ संक्रमित थपिइरहेका छन् भने दैनिक ४ हजारकै हाराहारीमा संक्रमितले ज्यान गुमाइरहेका छन् । अहिले भारतमा कोरोना नियन्त्रण बाहिरको अवस्थामा छ ।

यस्तोमा भारत सरकारले कोरोनाको नयाँ भेरियन्ट रोक्न विभिन्न प्रयास पनि गरिरहेको छ । भारतले नयाँ भेरियन्टका सम्बन्धमा अध्ययन गर्न बनाएको वैज्ञानिक सल्लाहकारहरुको एक समूहले भने अध्ययनपछि चिन्ताजनक निष्कर्ष निकालेका छन् ।

बैज्ञानिकहरुका अनुसार हाल भारतमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले शरीरको प्रतिरक्षा प्रणालीलाई नै ठूलो असर पार्ने देखिएको छ । उनीहरुका अनुसार र्भारस विस्तार प्रक्रियाले मानव शरीरको प्रतिरक्षा प्रणालीलाई नै नष्ट गरेको फेला परेको हो ।

उक्त समूहका एक विज्ञले हाल फैलिएको नयाँ भेरियन्ट फैलने दरलाई हेर्दा यसले मानिसको प्रतिरक्षा प्रणालीलाई नष्ट गर्दै फैलिएको पत्ता लागेको बताएका छन् । तर, मानव शरीरमा तीव्र रुपमा विस्तार भइरहेको भाइरस कुन भेरियन्टको हो भनेर पत्ता लागेको अवस्था छैन ।

उक्त समुहले भाइरसको प्रतिक्रिया बुझ्नलाई भन्दै विभिन्न १० ओटा राष्ट्रियस्तरका अनुसन्धान प्रयोगशालाहरु प्रयोगमा ल्याएको छ । हाल भारतमा तीव्र रुपमा विस्तार भईरहेको नयाँ भेरियन्ट कुन भेरियन्ट हो भनेर वैज्ञानिकहरु थप खोजमा तल्लीन भएका छन । तर, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने भारतमा फैलिइरहेको नयाँ भेरियन्ट पनि बेलायत र ब्राजिलबाट आएको जनाएको छ । तर, भारतमा भन्दा बेलायत र ब्राजिललगायत दक्षिण अफ्रिकामा बढी यो भेरियन्ट फैलिएको पाईन्छ ।

भारतीय विज्ञहरुको समुहले नयाँ भेरियन्टलाई निश्कर्षसहित थप अनुसन्धान गर्नुपर्ने भन्दै यसको तीव्र अनुसन्धानलाई अघि बढाएका छन् ।
शनिबार मात्रै एकैदिन भारतमा ४ लाख जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको थियो । जसका कारण राजधानी नयाँ दिल्लीलगायत ठुला शहरहरुमा स्वास्थ्य सेवामा ठुलो संकट छाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!