Search

आज दोलखामा एकैदिन १० जनामा कोरोना पुष्टि

आज दोलखामा एकैदिन १० जनामा कोरोना पुष्टि

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा आज एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार चरिकोट अस्पताल भीमेश्वर नगरपालिकाबाट १९ जनाको स्वाव संकलन गरि धुलिखेल अस्पताल पठाइएकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसरी पुष्टि हुनेमा भीमेश्वर नगरपालिकाका ३ जना पुरुष, कालिन्चोक गाउँपालिकाका ३ जना पुरुष र वैत्यश्वर गाउँपालिकाकी एक महिला रहेकी छन् । संक्रमण पुष्टि हुने ७ जना सर्वसाधारण रहेको छ। उनिहरुमा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखीएपछि स्वाव संकलन गरि पिसिआर परिक्षण गर्न धुलिखेल अस्पताल पठाइएको थियो ।

यसै गरी कालिन्चोक गाउँपालिकाबाट कन्ट्याक्ट ट्रेसिङमा परेका १५ जनाको स्वाव पठाइएकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ महिला र एक पुरुष रहेका छन् । संक्रमित ३ जना शिक्षक हुन् ।


आज संक्रमण पुष्टि भएका १० जना होम आइसोलेशनमा बसिरहेको स्वास्थ्य कार्यालय दोलखाकी जनस्वास्थ्य अधिकृत सपना केसीले जानकारी दिनुभयो । आज एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भए सँगै दोलखा जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २५ पुगेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!