Search

कोरोना महामारी संगै पश्चिम बंगालको विधानसभामा मोदीको बीजेपी पराजित

कोरोना महामारी संगै पश्चिम बंगालको विधानसभामा मोदीको बीजेपी पराजित

२० बैशाख, बाँपीझ्याला, काठमाण्डौं, एजेन्सी । कोरोना महामारीको महासंकटसंग जुधिरहेको भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको बीजेपी महत्वपूर्ण राज्यको निर्वाचनमा पराजित भएको छ ।पश्चिम बंगालसहित पांचवटा राज्यमा सम्पन्न विधानसभा निर्वाचनमा बढी चासोका साथ हेरिएको पश्चिम बंगालमा मुख्यमन्त्री ममता बेनर्जीको पार्टी टीएमसीले फेरि ऐतिहासिक जित हात पारेको छ ।

पश्चिम बंगालमा मुख्यमन्त्री बेनर्जी आफु पराजित भएपनि उहांको दल टीएमसीले २ सय १४ सीट जितेको छ भने बीजेपी ७६ सीटमा खुम्चिएको छ ।

सन् २०१६ को निर्वाचनमा भने यस राज्यमा बीजेपीले तीन सीटमात्र जितेको थियो । प्रधानमन्त्री मोदीले कोरोना महामारीको बेवास्ता गर्दै पश्चिम बंगालको नतिजा आफ्नो पक्षमा पार्न विभिन्न चुनावी र्यालीहरुलाई सम्बोधन गरेका थिए । जसको चर्को आलोचना भएको थियो । मतपरिणामसंगै बेनर्जी पश्चिम बंगालको तेस्रो पटक मुख्यमन्त्री बन्दै छन् ।

असममा बीजेपी नेतृत्वको गठबन्धनले बहुमत ल्याएको छ भने पोडचरीमा पनि यही गठबन्धनको अग्रता छ । यो चुनावलाई सन् २०१९ पछि लगातार दोस्रो पटक केन्द्रको सत्ता सम्हालेको बीजेपीको मध्यावधी समीक्षाका रुपमा समेत हेरिएको थियो ।

निर्वाचनमा विपक्षी कांग्रेस पार्टीले भने नराम्रो हार व्यहोरेको छ । भारतमा पछिल्लो १० दिनयता कोरोना संक्रमितको संख्या ३ लाखमाथि छ भने दैनिक मृतकको संख्या ३ हजार नाघेको छ । अस्पतालहरुले बेड र मेडिकल अक्सिजनको अभाव सामाना गरिरहेको छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!