Search

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर दिने, स्थल र हवाई मार्ग दुवैबाट ल्याउने तयारी

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर दिने, स्थल र हवाई मार्ग दुवैबाट ल्याउने तयारी

२० बैशाख, बाँपीझ्याला, काठमाडौं । चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएको छ । दक्षिण एसियाली मुलुकका पांच विदेशमन्त्रीसंगको छलफलमा चीनका विदेशमन्त्री वाङ यीले कोरोना भाइरसको महामारीविरुद्ध लड्नको लागी नेपाललाई अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

नेपालसंग अहिले दैनिक ७ हजार वटा सिलिण्डरमा मात्र अक्सिजन भर्ने क्षमता छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले अक्सिजनभन्दा पनि अहिले सिलिण्डरको आवश्यकता रहेको बताउंदै आएका थिए।

नेपालबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उक्त छलफलमा भाग लिएका थिए । छलफलमा महामारी रोक्न क्षेत्रीय सहकार्य आवश्यक रहेको भन्दै यो संकटसंग सवै एकजुट भएर लड्नुपर्नेमा साझा धारणा बनेको थियो । साथै चीन सरकारले करिव ९ करोड बराबरको सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।

चीनले दिने २० हजार थान सिलिण्डर छिटोभन्दा छिटो काठमाण्डु ल्याउने तयारी सुरु भएको छ । त्यसका लागी हवाई र स्थलमार्ग दुबैबाट झिकाउने प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!