Search

भीमेश्वर नगरपालीका २ राम्पा दोलखामा स्वास्थ्य सामाग्री हस्तान्तरण

भीमेश्वर नगरपालीका २ राम्पा दोलखामा स्वास्थ्य सामाग्री हस्तान्तरण

बद्री दाहाल
२० बैशाख, बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालिका वडा नं २ (साविक भि.न.पा–३) स्थित राम्पामा रहेको राम्पा शहरी क्लिनिक मार्फत गुणस्तर स्वास्थ्य सेवा प्रबाह गर्न र हालको बढ्दो कोभिडको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री आज विहान वितरण गरिएको छ ।

Saraswoti Kinderhilfe e.V. Saraswoti Kinderhilfe e.V. नामक संस्थाको संस्थापक श्री Annette Berger को आर्थिक सहयोगबाट प्राप्त अति आवस्यक औषधि, मास्क, स्यानिटाइजर र सर्जिकलका सामग्रीहरु, autoclave machine, bp set, pulseoximeter लगायत वि–विभिन्न स्वास्थ्यका सामग्रीहरु क्लिनिकको ईन्चार्ज संगिता तामाङ र स्थानिय युवा समाजसेवी बद्री दाहाल लगायतका टोलिहरुको सक्रियता र उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

समग्र विकासका प्राथमिकतामा नपरेका तपाईं हाम्रो गाउँठाउँलाई तपाईं हामि जस्तै सचेत युवाहरुको सक्रिय सहभागितामा काधँमा काधँ हातमा हात मिलाउदै चरणबद्ध रुपमा विकासका कार्यलाई अघि बढाउनु पर्छ । मेरो पेसागत क्षमतालाई थप प्रभावकारी र फलदायी बनाउन विगत देखि नै सहयोग पुर्याउदै आउनु भएका आदरणीय ब्याक्तित्व annette berger सिस्टरलाई हृदयदेखि नमन ब्यक्त गरी धन्यवाद दिएको युवा समाजसेवी दाहाले बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!