Search

विरोधका बीच मुख्यमन्त्री पोखरेलले लिए शपथ

विरोधका बीच मुख्यमन्त्री पोखरेलले लिए शपथ

बाँपीझ्याला, बुटवल । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले विपक्षी दलहरूको धर्नाका बाबजुद शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका छन् । आइतबार साँझ यादवले पोखरेललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

दिउँसोदेखि विपक्षी दलका सांसदहरु आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि यादवले पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा सपथ गराउन समस्या हुने देखेपछि प्रदेश प्रमुख मुख्यमन्त्रीको कार्यालयमै गएर पोखरेललाई सपथ गराएका थिए ।
प्रदेश प्रमुख सपथ गराउन बाहिरिने क्रममा प्रदेश कार्यालयमा धर्ना बसेका सांसदहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।

साथै आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजालले पनि आइतबारै शपथ लिएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!