Search

संविधानसभा सदस्य चौधरीको कोरोना संक्रमणबाट निधन

संविधानसभा सदस्य चौधरीको कोरोना संक्रमणबाट निधन

१९ वैशाख, बाँपीझ्याला, धनगढी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा स्थायी ठेगाना भएकी ४४ वर्षीया चौधरीको कोरोना संक्रमणबाट आइतबार दिउँसो धनगढीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कलेजो र मिर्गौलासम्बन्धी समस्याले ग्रस्त चौधरी धनगढीको नवजीवन अस्पतालमा उपचाररत थिइन् । शनिबार मात्र अस्पताल भर्ना भएकी चौधरीलाई आइतबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । चौधरी २०७० सालमा नेकपा एमालेबाट संविधानसभा सदस्य बनेकी थिइन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!