Search

कोरोना संक्रमण अहिले सम्मकै उच्च, एकैदिन ५७६३ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमण अहिले सम्मकै उच्च, एकैदिन ५७६३ जनामा संक्रमण पुष्टि

बाँपीझ्याला, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो नेपालमा संक्रमण देखिए यताकै एकदिनमा सबभन्दा धेरै संक्रिमित संख्या यो पहिलो चोटी हो। यसअघि पहिलो लहरमा ५ कात्तिकमा एकैदिनमा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो भने दोस्रो लहरमा शुक्रबार ५ हजार ७२९ मा संक्रमण देखिएको थियो ।

हालसम्म संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!