Search

सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चितकालकालागि स्थगित

सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चितकालकालागि स्थगित

१८ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मेदानमा हुने सम्पूर्ण क्रिकेटका क्रियाकलापहरू अनिश्चित कालका लागि स्थगित गरिएको जनाएको छ । क्यानले शुक्रबार एक विज्ञप्ति निकाल्दै सम्पूर्ण खाले क्रिकेट प्रतियोगिताहरू अर्काे सुचना नआएसम्मका लागि स्थगित हुने बताएको हो ।

क्यानका सचिव असोकनाथ प्याकुरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै क्रिकेट प्रतियोगिताहरू स्थगित गरिएको उल्लेख छ ।


साथै क्यानले आईसीसीको प्रावधानअनुसार क्यानलगायत विभिन्न क्लब, एकेडेमी र संस्थाबाट आयोजना गर्ने प्रतियोगिताको कार्यविधि निर्माण गर्न लागेकाले त्यसैअनुसार आगामी प्रतियोगिता सञ्चालन गरिने पनि बताएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!