Search

आईसीयू अभावमा छटपटिँदै मृत्यु

आईसीयू अभावमा छटपटिँदै मृत्यु

बाँपीझ्याला, अर्घाखाची । अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याए । कोरोना पुष्टि भएपछि बेड पाएनन् ।

परिवारका सदस्यले काठमाडौं, चितवन, भैरहवाका अस्पतालमा फोन गरेर बेडको उपलब्धताबारे जानकारी लिए । कतै बेड खाली पाएनन् । संक्रमित बुबालाई लिएर छोरा घर फर्किए । अक्सिजन जोहो गरेर घरमै दिइयो । समस्या बल्झिएपछि सन्धिखर्क अस्पताल पुर्‍याइयो । त्यहाँ पुर्‍याएको दुई घण्टापछि उनको मृत्यु भयो ।

‘बेड हुन्थ्यो भने बचाउन सकिन्थ्यो कि ’ मृतककी आफन्त अस्मिता भुसालले भनिन्, ‘उपचार नपाएरै बित्नु भो ।’ श्वासप्रश्वासमा समस्या भएपछि रूपन्देहीको बुटवल–११ का एक पुरुषलाई बुधबार साँझ लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइयो । चिकित्सकले संक्रमितका लागि तत्काल अक्सिजनसहित आईसीयू बेड चाहिने बताए ।

धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा बेड खाली थिएन । फिभर क्लिनिक पनि भरिएको थियो । २४ घण्टादेखि अस्पतालको आपत्कालीन कक्षमा बेडको प्रतीक्षा गरिरहेका ती ८३ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भयो । अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले आपत्कालीन कक्षमा अक्सिजनको सहायतामा राखिए पनि उनको मृत्यु भएको बताए ।

यो समाचारकान्तिपुर दैनिकमा छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!