Search

सर्लाही स्थित श्री बौद्वी फ्युल सेन्टर पेट्रोल पम्पमा लुटपाट

सर्लाही स्थित श्री बौद्वी फ्युल सेन्टर  पेट्रोल पम्पमा लुटपाट

बाँपीझ्याला, सर्लाही । सर्लाहीमा हातहतियारसहित आएका लुटेराहरूको एक समूहले पेट्रोल पम्पमा लुटपाट गरेको छ । सर्लाहीको पर्सा गाउँपालिका २ स्थित संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा आज अबेर साँझ लुटपाट भएको हो ।

पर्सा गाउँपालिका ३ का अध्यक्ष भिखारी साहले सञ्चालन गरेको सो पेट्रोल पम्पमा हातहतियारसहित आएका लुटेराहरूले लाखौं रकम लुटपाट गरेर फरार भएको प्रहरीले जनाएको छ । लुटेराहरूले हवाई फायर गरी ४ लाख रुपैयाँ लुटेर भागेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले जानकारी दिए ।

उनले घटनाको अनुसन्धान र लुटपाट गरेर भाग्नेहरूको खोजी कार्य भइरहेको बताए । डकैती भएको करिब एक सय मिटरको दूरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी चौकी रहेको छ । घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको प्रहरीले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!