Search

२२ जिल्लामा भयावह स्थिती हुँदा पनीपनि सेयर बजारमा सर्वत्र चासो : अब के होला ?

२२ जिल्लामा भयावह स्थिती हुँदा पनीपनि सेयर बजारमा सर्वत्र चासो : अब के होला ?

१७ बैशाख, बाँपीझ्याला, काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित १५ वटा विभिन्न जिल्लामा निशेधाज्ञा जारी गरेपछि त्यसको केही असर बजारमा पनि देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरे पनि लगानीकर्ताले भने यस साता बजारमा केही विश्वास गुमाएको देखियो ।

कोरोनाको त्रास देखाएर सेयर बजार घटाउने र राम्रा कम्पनीहरूको सेयर सस्तोमा कब्जा गर्ने प्रयास अन्तत: असफल भएको छ। दुई दिनमा झन्डै डेढ सय अंकले तल ओर्लेको सेयर बजारमा लगानीकर्ताको आत्मविश्‍वासका कारण फेरि बुलिस लयमै फर्किएको छ।

जसका कारण १.३९% ले नेप्से घटेर यस साता २६११.११ विन्दुमा बन्द भएको छ । गत साता भने नेप्से सूचक २६४८ विन्दुमा बन्द भएकोे थियो । यस साता कारोबार रकमा पनि गिरावट आएको छ ।

बिहीबार ४.३६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण ३६ खर्ब भन्दा बढी कायम भएको छ । यस साता कारोबार रकम घट्दो क्रममा देखिएको छ । लगानीकर्तामा केही त्रासको माहोल पैदा भएपछि कारोबार रकममा गिरावट आएको देखिन्छ । सबैभन्दा थोरै बुधबार ३.९९ अर्ब रुपैयाँको मात्र सेयर कारोबार भएको थियो भने सबैभन्दा धेरै आइतबार ७.२८ अर्ब रुपैयाँको कारोबार भएको थियो । यस साता औसतमा दैनिक ५.४६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।

छोटो समयमा राम्रै करेक्सन सबैको चासाे अब के होला ?
पछिल्लो समय सेयर बजारमा छोटो समयमा राम्रै करेक्सन आयो । बजार करेक्सन हुँदा सेयर भाउ सस्तो भएको छ । तर यही बेला फेरि कोरोना त्रास बढेको छ । सरकारले राजधानीसहित प्रमुख सहरहरुमा लक डाउन जारी गरेको छ । यसबाट सर्वसाधारण लगानीकर्तामा केही सन्त्रास बढेको अनुमान गर्न सकिन्छ ।

तर केही समयपछि विस्तारै लगानीकर्ताको मनोबल वृद्धि हुँदै जानेछ । सन्त्रासको वातावरण केही दिनमा सकिने र विस्तारै बजारले नयाँ माहोल खडा गर्ने अनुमानहरु पनि भइरहेका छन् । किन भने लक डाउनका बेला लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन् । ठूला घरानाहरुको पनि काम केही समय सेयर बजारतिर नै हुने अनुमान गर्न सकिन्छ ।

अर्कोतर्फ, बजारमा यसअघि नै करेक्सन आइसकेकाले पनि माथितिर जान सहयोग पुग्ने विश्लेषकहरुको भनाई छ । बैंकिङ प्रणालीमा तरलता बढ्दै जानेछ । सेयर बजारको सिजन पनि सुरु हुँदैछ । ब्याजदर पनि सस्तो छ । यी परिदृश्यहरुमा लगानीकर्ताको आत्मबल बलियो हुन सक्यो भने सेयर बजारको आगामी दिन सकारात्मक हुन सक्नेछ ।

यस साताको बजारको आधारमा हेर्दा अन्तिम दिन बिहीबार सूचक दोहोरो अंकले बढेको छ त। कारोबार भोलुम तुलनात्मक रुपमा कम रहेको छ । आधारभूत अवस्थाका साथमा अल्पकालीन लगानीकर्ताहरुले प्राविधिक टुल्सहरुलाई पनि हेर्ने गर्नुपर्ने हुन सक्छ ।

यसै नगरी आजमात्र स्वास्थ्य मन्त्रालयले २२ जिल्लाको स्थिती भयावह भनेर विज्ञप्ती निकालिएको छ ।यस्तो संक्रमीतअवस्थामा पनी शेयर कारोवारको चासो झन झन बढी रहेको देखिन्छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!