बाँपीझ्याला, काठमाण्डौं । पहिलो चरणको कोरोना महामारीपछि थुप्रै नेपाली कलाकारले बैकल्पिक पेसा रोजेका छन् । गीत संगीतमा कार्यरत कलाकार मात्र होइन, फिल्म राम्रो जमेका कलाकारले पनि बैकल्पिक पेशा रोजेको देख्न सकिन्छ ।
कोरोनाको कारणले पनि होला पछिल्लो समय अनलाइन सपिङको आकर्षण बढ्दो छ । यस्तैमा पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि अनलाईन व्यवसाय सुरु गरेकी छन् । जसको अनुमान उनले सामाजिक संजालबाट सार्वजनिक गर्ने तस्बिरबाट लगाउन सकिन्छ ।
राम्रो ‘ड्रेस सेन्स’ र दर्शकमा राम्रो क्रेज भएकी शाहले अनलाइन क्लोथिङ स्टोर सञ्चालनमा ल्याएकी छन् । ‘प्याप’ नाममा खोलिएको उनको अनलाइन स्टोरमा नेपालमै तयार गरिएका महिलाका पहिरन छन् । जसको प्रचार शाहले दैनिक फोटोसुटका तस्बिरहरु सार्वजनिक गरेर गर्दै आएकी छन् ।