७ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले सानदार जित निकालेको छ । बिहीबार भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको हो । नरेन्द्र मोदी क्रिकेट स्टेडियमा कोलकाताले दिएको १५५ रनको लक्ष्य पछ्याको दिल्लीले १६ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १५६ रन बनायो ।
दिल्लीलाई सानदार जित दिलाउनको लागि ओtपनर पृथ्वी शाको उत्कृष्ट ब्याटिङ गरे । उने ४१ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै ८२ रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै शिखर धावनले ४६ रन बनाए । उनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । रिषव पन्तले १६ रनको योगदान गरे । मार्कस स्टोइनिस भने ६ रनमा अविजित रहे ।
बलिङतर्फ कोलकाताका लागि प्याट कमिन्सले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनायो । कोलकाताका लागि शभम गिलले ४३ रन बनाए ।
त्यस्तै आन्द्रे रशलले ४५ रन बनाए । उनले २७ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए । राहुल तिमाठीले १९ रनको योगदान गरे । कोलकाताका लागि नितिर रानाले १५ रन बनाउँदा दिनेश कार्तीकले १४ रनको जोडे ।
बलिङतर्फ दिल्लीका लागि अक्षर पटेल र ललित यादवले समान २–२ विकेट लिए । त्यस्तै आभार खान र मार्कुस स्टोइनिसले समान एक–एक विकेट लिए ।
यो जितसँगै दिल्लीले ७ खेलबाट १० अंक जोड्दै दिल्ली लिगको दोस्रो स्थानमा छ । पराजित कोलकाता ४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।