Search

पूर्वप्रधानमन्त्री डा.भट्टराई ट्युमरको शल्यक्रियाका लागि अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री डा.भट्टराई ट्युमरको शल्यक्रियाका लागि अस्पताल भर्ना

बाँपीझ्याला, काठमाण्डौं । पूर्वप्रधानमन्त्री तथा जसमा संघीय परिषद् अध्यक्ष बाबुराम भटटराईको पेटको न्युरो-इन्डोक्राइन ट्यूमरको शल्यक्रिया लागि अस्पताल भर्ना भएका छन्। काठमाडौंस्थित वीर अस्पतालमा डा.भट्टराई बिहीबार भर्ना भएको उनका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले जानकारी दिए। उनका अनुसार डा.सुबोध अधिकारीको नेतृत्वमा वैशाख १७ गते शल्यक्रिया गरिने भएको छ।

डा.भट्टराईले आफू अस्पताल भर्ना भएको सामाजिक संजाल ट्वीटमार्फत पनि जानकारी गराएका छन्।

यसअघि ट्युमरमा क्यान्सरको शंकामा भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणपछि चिकित्सकले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका थिए। शल्यक्रियाद्वारा ट्युमर भने चाँडो फाल्नुपर्ने चिकिसत्कले सुझाव दिएका थिए। चिकित्सकको सल्लाहअनुसार अध्यक्ष भट्टराले सरकारी अस्पताल वीरमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन्।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!