Search

भारतमा कोरोना संक्रमण बढे संगै यटी दुई अम्पायरले जारी आईपीएल नखेलाउने

भारतमा कोरोना संक्रमण बढे संगै यटी दुई अम्पायरले जारी आईपीएल नखेलाउने

१६ बैशाख, बाँपीझ्याला, एजेन्सी । भारतमा कोरोना संक्रमण बढ्दै गएपछि दुई अम्पायरले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) नखेलाउने भएका छन्। भारतका उत्कृष्ठ अम्पायर नितिन मेनन र अष्ट्रेलिया पाउल रेफेलले आईपीएल बीचैमा छाडेका हुन्।

मेननले आफ्नो श्रीमती र आमा कोरोना संक्रमण देखिएपछि आईपीइल छाडेको टाइम्स अफ इन्डियाले जनाएको छ। नितिन आईसीसीको इलिट प्यानलमा रहेका वर्तमान समयका एकमात्र भारतीय अम्पायर हुन्। उनले भारत र इंग्ल्यान्डसँगको सिरिजमा गरेको अम्पायरिङले चर्चा पाएको थियो।

‘हो, नितिनको नजिकका परिवारका सदस्यहरू कोरोना संक्रमित भएका छन्। अहिले उनी खेल खेलाउने मानसिक स्थितिमा छैनन्,’ भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का एक अधिकारीले भने।

यता, रोफेलले भारतमा तीव्र रुपमा कोरोना संक्रमण बढ्दा अष्ट्रेलिया सकरकारले यात्रामा प्रतिबन्ध लगाएपछि आईपीएल छाडेको बुझिएको छ। यद्यपि उनी अहिल्यै नै स्वदेश फिर्ता भने हुने छैनन्।

‘मैले कोसिस गरें, तर दोहाबाट उडान हुँदा म अष्ट्रेलियाको रूपमा जान सक्दिनँ,’ रेफेलले बिहीबार अहमदाबादको होटेलबाट भने, ‘हिजो जानका लागि टिकट बुक गरिएको थियो, तर उडान रद्द भयो।’

उनी अब मे ३० मा आईपीएल सकिएपछि मात्रै उनी स्वदेश फिर्ता हुने बुझिएको छ।

गत सोमबार अष्ट्रेलिया तथा रोयल च्यालेन्जर्स बेंगलोरका तीव्र गतिका बलर केन रिचर्ड्सन, स्पिनर एडम जाम्पा र राजस्थान रोयल्सका एन्डिुय टाईले नाम फिर्ता लिएका थिए। उनीहरु स्वदेश फर्किसकेका छन्।

यता, दिल्ली क्यापिटल्सका स्पिनर रविचन्द्रन आश्विनले पनि परिवारको सदस्यामा कोरोना संक्रमण भएको भन्दै प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए।

बीसीसीआईले आईपीएलका सबै टिम बायो बबलमा सुरक्षित रहेको जनाएको छ। बीसीसीआईका अन्तरिम कार्यकारी प्रमुख हेमांग अमिनले ईपीएलका टोलीले यो समयमा जित्नका लागि मात्रै नभइ मानवताका लागि खेल्ने बताएका थिए।

भारतमा हाल कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा बढ्दै गएको छ।

भारतमा एक करोड ८० लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन्। बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ। गएको २४ घण्टायता तीन हजार ६४५ जनाको कोरोना संक्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख चार हजार ८३२ पुगेको सो मन्त्रालयले जनाएको छ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!