Search

जब आमिरलाई जुही चावलाले चुम्बन गर्न अस्वीकार गरिदिइन्…

जब आमिरलाई जुही चावलाले चुम्बन गर्न अस्वीकार गरिदिइन्…

बाँपीझ्याला, एजेन्सी बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खानले बलिउड इन्डष्ट्रिमा ३३ वर्ष पुरा गरेका छन् । उनको फिल्म ‘कयामत से कयामत तक’ आजकै दिन रिलिज भएको थियो । यो फिल्मलाई निकै रुचाइएको थियो । फिल्ममा आमिर र जुहीको रोमान्टिक केमिस्ट्री देख्न पाइएको थियो । तर यो कुरा धेरै कमलाई मात्रै थाहा होला कि गीत ‘अकेले है तो क्या गम है’ को सुटिङका बेला जुहीले आमिरलाई गाला र निधारमा चुम्बन गर्न अस्वीकार गरेकी थिइन् ।

डीएनएको खबर अनुसार निर्देशक मंसूर खानले यसबारे कुरा गर्दै भनेका थिए, ‘हामी अकेले है गीतको सुटिङ गरिरहेका थियौं । मैले जुहीलाई एउटा सट छ जसमा आमिर खानलाई सुरुमा पालैपालो दुईवटा गाला र त्यसपछि निधारमा चुम्बन गर्नुपर्छ भनेको थिएँ । पछि मलाई मेरा सहयोगीले जुही यो सीन गर्न अस्वीकार गरिरहेको बताए । यो सुनेर मैले सबैलाई जे जे गरिरहेका छन्, त्यो रोकिदिन र १० मिनेटका लागि यत्तिमै बस्न भनेँ । १० मिनेटपछि जुही यो सीन गर्नका लागि तयार भएको भन्ने जानकारी आएपछि हामीले पुनः सुटिङ सुरु गर्यौं ।

जुही र आमिरबीच राम्रो सम्बन्धः
आमिर र जुहीको कुरा गर्नुपर्दा उनीहरुबीच निकै राम्रो सम्बन्ध थियो । हालै जुहीले एक अन्तरवार्तामा आफूहरुले धेरै फिल्ममा सँगै काम गरेको र आपसी सम्बन्ध निकै राम्र्रो भएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘हाम्रो साथ अद्भूत थियो । हामी दुई एक अर्कासँग दोस्तीको सबै फर्मालिटिज निभाउँथ्यौं । म उनको मेकअप रुपमा जान्थे र उनको कुरा सुन्थेँ । म उनलाई एक राम्रा साथीको रुपमा मान्थेँ र उनले पनि मलाई राम्रो साथी नै सोच्दथे । ’

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment