Search

लघुकथा–छोटा कदहरू अग्लो धरोहर

लघुकथा–छोटा कदहरू अग्लो धरोहर


मिसु श्रेष्ठ

–“देशको स्वाभिमान जगमगाउँदै ठडियो, हामी नेपालीलाई बधाई छ ।” ऊ प्रफुल्लित भयो ।

– “ ह्य ! कुन ठुलो कुरा हो र जनताको कर असुलेर त हो नि! भ्रष्टहरु ।“दोस्रो विषाद ओकल्यो” ।

–“ओ हेल्लो ! धरहरा निर्माणमा कहाँ भ्रष्टाचार भएको छ, देखाइयोस् त !” ऊ कड्कियो ।

– “यसमा पो नहोला अरु कति हो कति ।” स्वाभाविक स्पष्टोक्टि”

– “अरु जहाँ भएको छ, त्यहीँ देखाएर कार्वाहीको दायरामा ल्याइयोस् न।”
– “ह्या के को मतलब आफूलाई बिहान बेलुकाको छाक टार्न धौ धौ ।”
– “हो यस्तै दरिद्री मानसिकताले नै हो हामी सधैं दरिद्र भएको ।”

–“ओ हेल्लो भन्न खोजेको के हो ?”
– “तीन अरब फसाएर धरहरा बनाउनुको सट्टा जनताको रोजिरोटिमा खर्चेको भए ।”

– “त्यो पनि सहि होला तर के धरहरा नबने तीन अरब बचत हुन्थ्यो या रोजिरोटि मै खर्च हुन्थ्यो भन्ने थियो र ? रकम अभावले होला कि प्रतिबद्धताको कमिले देस विकास नभएको ?”

दुईजना बिच चर्काचर्की पर्दा पर्दै तेस्रो व्यक्ति बिचमा प्वाक्कै बोल्छन् ।
– “धरहरा भीमसेन थापाले नि बनाएकै हुन् दुई दुई पल्ट ।बाईस तला भन्छन् दस तला भन्दा देखिन्न, फेरि धरहरा भन्दा अग्ला त घर÷ अपार्टमेन्टहरु नै छन् नि। कुन ठुलो कुरा भो र !”

– “तिम्रो कुरा नि सहि होला तर यो हाम्रो सम्पदा हाम्रो पहिचान हो । पहुँचमा नपरेका धेरै काम कुरा छन् तर धरहरा बन्नु नै गलत चाहिँ लाग्दैन मलाई ।
फेरि जति नै अग्ला अपार्टमेन्ट भए पनि त्यसको माथि पुग्ने औकात त म लगायत करोडौं नेपालीले राख्दैनौ होला नि ! त्यसैले छोटोे कदको म सहजै उचाइमा पुग्नु भनेको यहीँ धरहरा चढेर त हो नि !”

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!