Search

अभिनेत्री वसुन्धरा भुसालले गरिन् कलाकार कल्याणकारी कोषलाई सहयोग

अभिनेत्री वसुन्धरा भुसालले गरिन् कलाकार कल्याणकारी कोषलाई सहयोग

बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री वसुन्धरा भुसालले चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषका लागि सहयोग प्रदान गरेकी छन् । उनले केही समय पहिले अमेरिका भ्रमणको बेला संकलित रकम उक्त कोषका लागि सहयोग गरेकी हुन् ।

पारिवारिक भेटघाट र घुमघामको लागि करिब ६ महिना अघि अमेरिका पुगेकी भुसालले सो क्रममा ४ लाख बढि रकम संकलन गरेर ल्याएकी छिन् । उक्त रकम बुधवार चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई कोषका लागि प्रदान गरेकी हुन् ।

विगत ५ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरत रुपमा क्रियासिल भुसाल कोषको स्थापनाकालदेखि हालको पनि संयोजक हुन् । कोषमा अहिले ४ करोड बढि रकम जम्मा भएको छ ।

कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गरिदिने, आपत कालिन अवस्थामा सहयोग गर्ने, मृत्यु परान्त काजकिरिया सहयोग गर्ने लगायतका कार्य गर्दै आएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!