Search

खै विश्व नृत्य दिवस रे !

खै विश्व नृत्य दिवस रे !

बालकृष्ण श्रेष्ठ “पासा”

रसरङ्ग नै छैन लोकमा,
साथी संगी छैन शोखमा,
खाली वर्तनको संगीतमा,
नाच्ने कसरी हो भोकमा ।

अभावको सुसेली छ यहाँ,
चिन्ता भय त्रास जहाँ तहाँ,
गरीबी सारंगीको तिक्तता,
नाच्ने चोकमै कोरोना जहाँ ।

मान्छे थुनिएका छन् पेरुङ्गोमा,
चिन्ता बोकिएको छ गह्रुंगोमा,
नृत्यको ताल नै स्तब्ध छ यहाँ,
खाद्य सुलभ त छ तर महँगोमा ।

कोलाहल मानवको भजन धुन,
हल्ला छरि आयो भाइरस कुन,
न छ सास फेर्न सहज नहुनुमा,
लक्ष के प्राप्ति हुनु र छुन जून ।

समयले यहाँ प्रकृति नै रुवायो,
दीन दुखी नेत्र आँसुले धुवायो,
खै कसरी गर्नु नृत्य मन खोलेर,
वेदनाको कहरले हृदय छुवायो ।

कैयन् यात्रीको हरायो गन्तव्य,
विवशता भित्र बिलायो कर्तव्य,
यहाँ श्वासप्रश्वास नै दुर्लभमा,
बन्नै कठिनता अब मानव भव्य ।

कोरोनाकै कारण गाह्रो भो बाँच्न,
आँगन शून्य नृत्य दिवसमा नाच्न,
आफ्नै ज्यान छ धरापमा यहाँ,
मुश्किल परिरहेको छ जिन्दगी साँच्न ।
………………………………
२०७८/०१/१६
दोश्रो लकडाउन जोरपाटी ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!