बद्री दाहाल,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्ला भीमेश्वर नगरपालीकाले आज एक विज्ञप्ती प्रकाशित गरि नगरपालीका भित्रको शैक्षिक संस्थाहरु भोली १६ गतेदेखी २५ गतेसम्म बन्द गरिने जानकारी सहितको बिज्ञप्ती निकालिएको छ ।
कोविड १९ को महामारीबाट विश्व लगाएत नेपालमा समेत फैलिने क्रम जारी रहेको र यसको प्रभाव विशेष गरी बढीमात्रामा बालबालिकाहरुमा देखिएको अवस्थालाई मध्यनजर गरी भीमेश्वर नगर शिक्षा समितीको निर्णय अनुसार उक्त निर्णय गरि भीमेश्वर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काको नामबाट उक्त नगरवासीको नाममा आग्रह सहितको बिज्ञप्ती प्रकाशित गरिएको छ ।