Search

अभिनेत्री सुपुष्पाले गरिन् निर्माता रौनक विक्रमसँग इन्गेज्मेन्ट

अभिनेत्री  सुपुष्पाले गरिन् निर्माता रौनक विक्रमसँग इन्गेज्मेन्ट

बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री सुपुष्पा भट्टको निर्माता रौनकविक्रम कँडेलसँग इन्गेज्मेन्ट भएको छ । भट्ट र कँडेलको बुधबार इन्गेज्मेन्ट भएको फिल्म निर्देशक रामबाबु गुरुङले जानकारी दिए । केही समयको प्रेमलाई दुबैले अहिले विवाहमा परिणत गर्न लागेका हुन् । इन्गेज्मेन्ट समारोहमा दुबै तर्फमा नजिकका आफन्त र साथीभाई गरेर सिमित ब्यक्तिको मात्र उपस्थिति रहेको थियो ।

विवाहको मिति भने फाइनल हुन बाँकी रहेको बताइएको छ ।

सुपुष्पा ‘रणवीर’ फिल्मबाट रजतपटमा डेब्यू गरेकी हुन् । ‘रणवीर’पछि उनले ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’ अभिनय गरेकी थिइन् । फिल्म ‘चपली हाइट ३’ भने प्रदर्शनमा आउँन बाँकी रहेको छ ।
रौनकबिक्रम फिल्म निर्माता हुन् । उनले ‘कबड्डी कबड्डी’ सहित रामबाबु गुरुङको निर्देशन रहेको केही फिल्म निर्माण गरेका छन् । रौनक र सुपुष्पाको प्रेमको विषयमा केही पहिले मिडियामा गसिप समेत बनेका थिए । सो समय दुबै मौन रहेका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!