Search

साक्षात दोलखाको रातो मच्छिन्द्रनाथको रथ जात्रा शुरु, आज दुधले स्नान सम्पन्न, पर्सी १६ गतेदेखि जात्रा

साक्षात दोलखाको रातो मच्छिन्द्रनाथको रथ जात्रा शुरु, आज दुधले स्नान सम्पन्न, पर्सी १६ गतेदेखि जात्रा

बाँपीझ्याला, दोलखा । सहकालको देवताको नामले प्रशिद्धता प्राप्त गरेको दोलखाको रातो मच्छिन्द्रनाथको रथजात्रा पर्सि बैशाख १६ गतेदेखि शुरु हुदैछ । आज १४ गते दुधमा स्नान अर्थात दोलखाली नेवारी भाषामा दुधुकु ठुङ पुनिसको नामले प्रख्यात रहेको छ । आज सो दुधले स्नान गर्ने बिधि सम्पन्न भएको छ । यसै गरी भोली १५ गते भीमेश्वर नगरपालीका वडा न. २ डोकलुङा टोलबाट पिङ्गल टोलमा लगि रथमा हाल्ने र पर्सि १६ गतेबाट यसपालीको दोलखाको रातो मच्छिन्द्रनाथको रथजात्रा प्रारम्भ हुर्दै नौदिनसम्म मनाईने चलन रहेको ।

१६ गते पिङ्गलटोलबाट नक्छेटोलमा तान्ने, १७ गते नक्छेटोलबाट श्यामसुन्दर टोलमा तान्ने, १८ गते श्यामसुन्दर टोलबाट टँसिचाटोलमा तान्ने, १९ गते टँसिचाटोलबाट माथिल्लो टोलमा तान्ने, यसदिनमा करिव ३६० डिग्रीको उकालोमा रथ तान्ने भएकोले विशेष आकर्षण र महत्वको दिनको रुपमा लिने गरेको पाईन्छ । यसै गरी २० गते माथिल्लोटोलबाट दुङ्गल टोलमा तान्ने, २१ गते दुङ्गलटोलबाट फेरी पिङ्गलटोलमा तान्ने गरिन्छ भने २२ गते फेरी पिङ्गलटोलबाट डोकलुङ्गा टोलमा भि¥याउने चलन र परम्परा रहेको छ ।

फोटो : शिवजी प्रधान, रातो मच्छिन्द्रनाथको रथ जात्रा शुरु, आज दुधले स्नान

दोलखाको यस मच्छिन्द्रनाथको रथजात्रा जव टोलटोलमा रथको बास हुने गर्दछ । त्यसवेला त्यहाको स्थानिय टोलबासीहरुले पूजाआजा गरी नखत मनाउने गरेको पाईन्छ । जुन नखतको नाम चौला नखतले प्रख्यात रहेको छ । चौला नखतको बेलामा एक टोलको स्थानिय वासिन्दाले अर्को टोलको स्थानिय वासिन्दाहरुलाई नखत मनाउने क्रममा आमन्त्रण गरि भोज खुवाउने चलन रहेको छ । यसै गरी पहिला पहिला दोलखा स्थानिय वासिन्दाहरुलाई मात्र यो रथजात्रा मनाउने गर्दथ्यौ ।

फोटो : शिवजी प्रधान, स्थानिय महिला दिदिबहीनी ब्रत बस्ने क्रममा, साथमा गुभाजु पूजा गर्दै

तर हाल करिव एकदशह अगाडीदेखि पाटनको शाक्य परिवार लगाएत काठमाण्डौं, भक्तपुर लगाएत अन्य भक्तजनहरुको उक्त पर्व मनाउनको लागि बाग्लो उपस्थित रहेको पाईन्छ । तर गत बर्ष विश्व संक्रमणमा रहेको कोविड १९ को संक्रमणबाट भक्तजनहरु प्रवाहित होला भनेर स्थानिय निकायको अनुरोधमा मच्छिन्द्रनाथको जात्रा सम्वन्धीको पूजाआजामा बिधि मात्र गरेको भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले बताउनु भयो ।

यसै गरी फेरी यसपाली कोविड १९ दोश्रोको संक्रमणबाट नेपाली जनतालाई बचाउन विशेषतः मन्त्रीमण्डलको हिजोको निर्णयले उपत्यका तिनैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णय अनुसार १६ गतेदेखि बैशाख मसान्तसम्म उपत्यकामा निषेधाज्ञाको सुचना जारी गरिएको छ । त्यसै सन्दर्भमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठको भनाई अनुसार दोलखाका प्रमुख जिल्ला अधिकारीसंगको छलफल पछीमात्र यसपाली रथजात्राको रथ तान्ने अर्थात खट्मा राखेर दोलखा शहर परिक्रमा गराउने भन्ने बारेमा निर्णय हुने बताउनु भयो ।

दोलखाको मच्छिन्द्रनाथको रथजात्राको ऐतिहासिक पृष्ठभूमी बारेमा वास्तविकता यस्तो छ ।

रातो मच्छिन्द्रनाथको ऐतिहासिकताः
नेपालमा राजा नरेन्द्रदेवका पालामा खडेरी परी जनताले दुःख पाएकाले विद्वान् पण्डितहरूको सल्लाह अनुसार कलिगत वर्ष ३६७३ वि.सं. ६३२ मा कामरुप पीठ आसाम (भारत) बाट मच्छिन्द्रनाथ (मत्स्यन्द्रनाथ) लाई ल्याई ललिपुर जिल्ला ललितपुर उप महानगरपालीका वडा नं. २२ स्थित बुङ्गमतीमा स्थापना गरेको भन्ने भनाई छ । यस भगवानलाई सहकाल वर्षाका देवता, लोककल्याणकारी करुणामयका रुपमा मान्ने चलन पनी रहेको छ ।
नेपालमा प्रवेश गरेको वार्षिक उत्सवको रुपमा ललितपुरमा रथयात्रा गर्ने चलन छ । यस भगवानलाई हिन्छु, बौद्ध दुवै सम्प्रदायले मान्ने गरेका छन् । यस करूणामय लोककल्याणकारी अवलोकितेश्वर मच्छिन्द्रनाथको भगवानले नेपालमा प्रवेश पाएको ९४३ वर्षपछि अर्थात् वि.सं. १५७५ मा दोलखा अभयपुरमा प्रवेश पाएको ऐतिहासिकता रहेको छ ।


दोलखा स्वतन्त्र राज्य भई रहेको बेला त्यसबेला त्यहाँका राजा नन्ददेव सिंहले पाटनका महागुरुदेव बज्राचार्यको सहयोगमा बुङमतीस्थित रातो मच्च्छिन्द्रनाथको प्रतिमूर्ति बनाई ने.सं. ६३९ वि.सं. १५७५ वैशाख सुदी १७ शुक्ल पक्ष त्रयोदशी सोमबारका दिन दोलखा शहरको ड्वाकलुङा टोल दोलखामा मन्दिर बनाई शास्त्रीय विधिपूर्वक स्थापना भएको अभिलेखबाट देखिन्छ ।

त्यसैले दोलखाली नेवारी भाषामा मच्छिन्द्रनाथको भगवानलाई बुग्देउ भनिन्छ । चैत्र पूर्णिमाको दिन दूधले स्थान गराई पूजा भजन गरिन्छ । भोलिपल्ट प्रतिपदाको दिन पिङ्गल टोलमा ल्याई रथमा राखिन्छ । ललितपुरको जस्तो ४ पाङ्ग्रा ३२ हात अग्लो विशाल रथ नभए पनि ठाउँ सुँहाउदो ४ पाङ्ग्रा ३२ लक्षणको प्रतीक ३२ फूट भन्दा कम छैन । रथमा राखेपछि भगवानलाई बज्राचार्य गुभाजुले पूजा गर्दछ भने नाग स्वरुप धर्मासीको अग्रभागमा राखिएको भैरवलाई श्रेष्ठ परिवारका (पिङ्गल) गुठीयारले थुमा या बोका बलि पूजा गर्ने प्रचलन रहेको छ ।

रथमा राखेको भोलिपल्ट पिङ्गल टोलबाट बाजाका साथ रथयात्रा शुरु हुन्छ । रथयात्रा राजकुलेश्वर तलेजु मन्दिर पुगेपछि ४ थरी जिम्मावालका तर्फबाट सेतो पगडी चढाउँछ । सो पगडी भैरव निर धर्मासीमा बाँधी रथको माथिल्लो टुप्पोमा पु¥याई बाँधिन्छ । थरी जिम्मावाल प्रथा हटीसकेकोले आजकाल थरीको सट्टा नगरपालिकाबाट पगडी चढाउने गरेको छ । त्यसपछि पुनः रथयात्रा शुरु गरी बहिर, नक्छें टोलमा पु¥याइन्छ । यस रात यही बास हुन्छ । बास बसेको टोलमा पूजा भजनकीर्तन गर्ने गर्दछन् । यसरी नक्छें टोलबाट कोर्छे टोल, कोर्छे टोलबाट टसिचा टोल, टसिचा टोलबाट ठाडो उकालो हुँदै माथिल्लो टोल स्वयम्भू स्थानमा पु¥याउँछ । त्यहाँ भजनकीर्तनको साथै डाँडथोकबासीले खड्कुलोमा घिउको बत्ति रातभरी बाल्ने गर्दछन् ।

भोलिपल्ट माथिल्लो टोलबाट उही ठाडो ओरालो हुँदै हालको बालमन्दिर अगाडिबाट दुङ्गल स्वयम्भू स्तुप अगाडि पु¥याउँछ । भोलिपल्ट त्यहाँबाट रथयात्रा शुरु गरी शुरु स्थान पिङ्गल टोलमा पु¥याइन्छ । त्यहाँ बाजाका साथ पूजा गरी भगवानलाई रथबाट ओराली बाजाका साथ बोकी ड्वाकुलुङ्गा टोल मन्दिरमा पु¥याइन्छ । भगवानलाई ड्वाकुलुङा टोल लैजानुभन्दा पहिले राजकुलेश्वर मन्दिर अगाडि नवरथको बाजा बजाउने चलन थियो । आजकाल त्यो बाजा बजाउन छोडे । ड्वाकुलुङा टोल पुगेपछि टोलबासीहरु बाटोमा लाइनबद्ध भई भगवानलाई पूजा गरी स्वागत गर्दछन् । मन्दिर अगाडि आँगनमा अनेक विधि विधानले सुध्याई तथा पूजा गरी मन्दिर भित्र लगिन्छ ।

मन्दिरभित्र लाने बेलामा भजनियाहरु यसरी “वलिरवा समयस हाली स्वव सखी, गुयोस सिंहाल पुभाव, याय दरसन, काय मती” भन्ने भजन गर्दछन् । मन्दिरको ढोकामा पुग्दा पुजारी गुभाजुले यसरी “श्री श्री श्री आनन्दादि आदित्य पद्य पाणी लोकेश्वर या रथयात्रा जुगु प्रभाव नं थुगु संसार यात रक्षा याना विज्याय माल” “श्री श्री श्री नः किराकुटुम्व जिव जन्तु सकल प्राणी यात उद्धार याना विज्याय माल । श्री श्री श्री मन्ममहाराजाधिराज … या खड्गसिद्धि लाय दयका विज्याय माल” भनिने गरेकोमा २०६२ साल देखि “जनता या जय जय जुय माल, सुख शान्ति जुय माल । श्री श्री श्री आनन्दादि लोकेश्वर या आज्ञा जुल” भनिन थालिएको छ ।

मच्छिन्द्रनाथको रथयात्रा शुरु हुनुभन्दा पहिले तोकिएका टोलबासीहरुले पूजा गर्ने गर्दछन् । जसलाई टोलपूजा भन्दछन् । यस लोककल्याणकारी अवलोकितेश्वर मत्स्यन्द्रनाथको रथयात्राको लागि दोलखामा राजा इन्द्रसिंह देवका कान्छा भाइ बासुदेवले वि.सं. १६३०–१६३३ को अवधिमा लापिलाङ, लेपटुङ र कार्तिकेको जग्गा गुठीमा राखी थामीहरूलाई कमाउन दिएका थिए ।

त्यहाँबाट रथ बनाउने मानिसहरूको साथै डोरी, बनमाला तथा अन्य आवश्यक सामान लिएर आई रथ बनाउथे । यस किसिमले कयौं सय वर्षदेखि चल्दै आएको रथयात्रा २०३९ सालदेखि खटमा राखी यात्रा गरियो । यसरी डेढ दशकसम्म रथजात्राको सट्टा खटयात्रा भयो । तर पछी करिव १५ बर्ष पछ िस्थानिय सामाजिक संस्था कालिञ्चोक युवा क्लवको सक्रियतामा र स्थानीय जनसहयोगमा रथ निर्माण गरी वि.सं. २०५५ सालदेखि पुनः रथयात्रा शुरु भयो ।

जुन बेला क्लवको अध्यक्षमा समाजसेवी प्रकाश श्रेष्ठको कार्यकाल थियो । कालिञ्चोक युवा क्लबको सम्पूर्ण ब्यवस्थापनमा हालसम्म रथयात्राले निरन्तरता पाएको छ । तर गत बर्षदेखि स्थानिय संघ–संस्था कालिञ्चोक युवा क्लव लगाएत स्थानिय वडाको सक्रियतामा उक्त रथजात्राले निरन्तरता पाईआएको छ ।

यस मच्छिन्द्रनाथ (मत्स्येन्द्रनाथ) को रथयात्राको वारेमा दोलखामा यस्तो भनाई पाईको छ । एक पटक रथयात्रा भईरहेको समय नजिक घरका एकजना मानिसले तीनधारा राजहिटीमा राती लुगा धोई रहेको आवाज सुनेछ । यतिबेला राती लुगा धुने को रहेछ भनि हेर्न गए र लुगा लुटेर ल्याए । लुगा धुने भूत रहेछ भन्ने थाहा भयो । किनकी लुगा सुन जडित रहेछ । भोलिपल्ट रथयात्राको बेला लुटेर ल्याएको लुगा सबैलाई देखाए । केही वर्ष त्यो लुटेर ल्याएको लुगा देखाउने चलन भयो । तर पछि लुगा हरायो ।

रथयात्राको वारेमा अर्काे एउटा घटना यस्तो छ । पहिले पहिलो मच्छिन्द्रनाथ (मत्स्त्यद्रनाथ) को रथयात्रा ठाडो उकालो हुँदै माथिल्लो टोलमा लैजाने चलन थिएन । टसिचा टोलबाट सोझै दुङ्गल टोलमा पु¥याइन्थ्यो । एक पटक माथिल्लो टोलका बासिन्दाहरुले रथ माथि ल्याउन सक्यो भने सुनको माला चढाउँछौं भनेछन् । तल्लो टोलका बासिन्दाहरू पनि किन कम हुन्थ्यो । ठाडो उकालोमा रथ लैजाने कोशिस गरेछन् ।

माथिल्लो टोलबासीहरूले पनि उकालोमा रथ तान्न साथ दिएछन् । रथ माथिल्लो टोलको स्वयम्भू स्थानमा पु¥याई छाडेछन् । माथिल्लो टोलबासीहरुले भगवान माथि आएको खुसीयालीमा पूजा गरी सुनको माला चढाएछन् । खुसीयालीमा भोज खाए खुवाएछन् । जहाँ भगवानको वास हुन्छ त्यसदिन टोलमा चाडपर्व मनाई भोज खाने खुवाउने चलन अहिले पनि यथावत रहि आएको छ । आजकाल माथिल्लो टोलबासीहरुले सुनको मालाको सट्टा फूलको माला चढाई पूजा गर्ने चलन रहेको छ ।
यस भगवानलाई साक्षात् भगवान मानिन्छ ।

२०२९ सालमा भगवानको मुर्ति चोरी भयो । खोज तलास भयो तर पाउन सकिएन । पछि माथिल्लो टोलको करेसावारीमा फ्याकीएको अवस्थामा डोक्छें टोलका सकुना श्रेष्ठ नामको बालिकाकाले सारीको टालोले बेरी पुतली खेली रहेको कसैले देखे । यो त हराएको भगवानको मुर्ति चिनी मन्दिरमा ल्याई स्थापना गरे । चोरले बाह्रबिसे पु¥याई बस चढे । चोर मूर्ति सहित बसमा पसेपछि बस चल्दै चलेन । के बिग्रो भनि सबतिर हेरे केही पत्ता लागेन । बस नचले पछि चोर बसबाट ओर्लि दोलखा तिरै लागे । पछि बस काठमाडौं तिर लागे । पछि मूर्ति करेसावारीमा फालेको भन्ने हल्ला रहेको छ ।

त्यही बेला विस्तृत रुपमा अनुसन्धान गरेको भए चोर पत्ता लाग्थ्यो होला । हल्लामा नै सिमित रह्यो । मूर्ति फेला पार्ने सुकुना श्रेष्ठ अहिले समाजसेवी सकुना श्रेष्ठ भएकी छिन् । आर्थिक रुपले सम्पन्न छिन् । यो सबै उही भगवानको कृपाले हो भन्ने समाजसेवी सकुना श्रेष्ठको भनाई रहेको छ ।

रथ टोल टोलमा तान्ने क्रममा नबिग्रेमा ७ दिनमा रथयात्रा सकिन्छ । धेरै वर्ष पहिले पटक–पटक रथ बिग्रिनाले रथयात्रा सकिन झण्डै तीन महिना लाग्यो । खेती गर्ने बेला भईसक्यो । रथ बरावर बिग्रीनाले स्थानीय बासिन्दा गुठीयार दिक्क भइसकेका थिए । रथ बिग्रेर पूरा बनाउन परेमा समय लाग्ने र भैरवलाई बलि पूजा गर्नु पर्नाले आर्थिक समस्या पनि परेको थियो । उपत्यकामा रथजात्रा गर्दा कहिलेकाँही मानिसहरु घाइते हुने र धनजनको समेत क्षति भएको समाचार आएको छ । तर दोलखामा त्यस्तो अप्रिय घटना घटेको सुनेको देखेको छैन । उपत्यकाकाको सम्म फराकिलो सोझो बाटोमा रथयात्रा गर्नु कुनै गाह्रो काम होइन जस्तो लाग्छ । उपत्यकामा रथ बनाउन सरकार तर्फबाट वार्षिक बजेट विनियोजन गरेको अवस्था रहेको छ ।


तर दोलखाको उही भगवानलाई सरकारबाट एक रुपैयाँ पनि दिने गरेको थिएत । तर पछी स्थानिय निकाय भएपछी उक्त रथजात्राको लागि केहि बजेट छुट्टाएर आएको भनाई वडाध्यक्ष विराजमान श्रेष्ठको रहेको छ । यसको अलावा स्थानीय स्रोत बाहेक अरु केहि स्रोत छैन । सागुँरो बाटो ठाडो उकालो बाटोमा रथ लैजानु कम साहसिकको काम होइन । स्थानिय सरकारले दोलखाको यस मच्छिन्द्रनाथको जात्रालाई वार्षिक कम्तीमा ५ लाख बजेट निनियोजन भएमा रथयात्रा सम्पन्न गर्न सजिलो हुने थियो भन्ने वडाध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

पहिलेदेखि भगवान्लाई सुन चाँदीका गहना चढाउनेहरू प्रसस्तै रहेछन् । ने.सं. ७०१ वि.सं. १७१८ मा काठमाडौं ओम बहालका जीवराज, जीतपारु र देवसिंहले सुनको प्रतिमा र छत्र चढाएको अभिलेखबाट देखिन्छ । यस पछि र अघि अरुहरुले पनि चढाएको अभिलेखबाट देखिन्छ । २०६४ सालसम्म साविक अनुसार काठ डोरीको रथ बनाई रथयात्रा गर्ने गरेकोमा २०६५ सालदेखि मत्स्यन्द्रनाथको रथको मुहार फेरिएको छ । ओकुबहाल पाटन ललितपुरका जेष्ठ नागरिक समाजसेवी श्री पञ्चराज शाक्य, वहाँको छोरा विन्दुराज शाक्यको सक्रियता र पाटन शाक्य खलकको सहयोगमा ३३ इञ्चको ढलौटको मूर्ति, भैरव मूर्ति, माथि टुप्पोमा गजुर रथको वार्दलीमा पित्ततले मोडेको, पांग्रामा विभिन्न मूर्ति राखिएका छन् । साविक मूर्ति र नयाँ मूर्ति समेत राखी रथयात्रा गर्ने गरेको छ ।

यस मत्स्यन्द्रनाथको दर्शन गर्न उपत्यकाबाट प्रशस्त दर्शनार्थी आउने गरेका छन् । त्यस मध्ये धेरै जसो ललितपुरका हुने गर्दछन् । कालिञ्चोक युवा क्लवले २०५५ सालदेखि अहिलेसम्म पूजा र रथयात्राको व्यवस्था गर्दै आएको छ । साविक गुठीयार केबल पूजारी मात्र भएको छ । रथको सामान राख्ने टहरा बाटोमा परेको छ । यस टहरालाई एक मिटर जति दक्षिण सारी राम्रो मजबुत टहरा बनाएमा बाटो पनि फराकिलो हुने थियो । रथको सामान पनि छिटो विग्रीने थिएन । यस सम्बन्धमा सम्बन्धित निकाय र स्थानीय बासिन्दाले समेत ध्यान दिनुपर्ने देखिन्छ ।


रथयात्राको अवधिभर पुजारीले नुन र भात खान नहुने चलन छ । भगवानको रथलाई कुखुरा, सुगुर, बंगुरले हुन नहुने र यसको मासु फूल खानेले समेत रथलाई हुनु हुँदैन भन्ने भनाई रहेको छ ।

माच्छिन्द्र नाथ रथ जात्रा दोलखामा कसरी सुरुवात भयो त यस्को सुरुवात गर्ने व्यक्ति को हुन् ? यो इतिहासको गर्व भीत्र नै छ । हालसम्म इतिहास खोजविन कर्ताहरुले पत्ता लगाउन सकेका छैनन् । खोजी निति गर्ने क्रममा अहिलेसम्म भेटिएको ऐतिहाँसिक प्रमाण अनुरुप वि.स. १६३८ ने.स. ७०१ चैत्र कृष्ण पक्ष परेवाका दिनमा ओमवहालका भीक्षुहरुले चढाएको सुर्वण प्रभा र छत्र देखिन आएको छ । तसर्थ यी प्रमाणहरुले पनि हामीलाई के देखाउछ भने १६३८ वि.स.पुर्व धरै वर्ष जात्रा सँग थामी जातीहरुको सम्बन्ध भएकोले के देखिन्छ भने किराँतको एक हाँगा थामीको सम्वन्धबाट दोलखामा बौद्ध धर्मको प्रचार सँगसंगै किराँतकालताका देखिनै त भएको हैन ?

आफ्नौ मौलिकता र गाथा बोकेको यस जात्रा वास्तबमा कुन देवता हो त भन्ने क्रममा दोलखाली हिन्दुहरुले गोरखानाथको गुरु, लोकनाथ, करुणामय, आदीनाथ, लोकेश्वरको रुपमा मान्दै आएको भन्दछन् भने बौद्ध धर्मलाम्वीहरु वोधी सत्व, अवलोकितेश्वरको रुपमा मान्नेगरेको हो भन्दछन् । धार्मीक सहिष्णुता रहेको नेपाल परापुर्वकाल देखिनै सहिष्णुता रहेको यसले प्रमाणित गर्दछ ।

हिन्दु धर्म अनुसार पौराणीक काल सत्ययूगमा भगवान् महादेवले पार्वतीलाई योग सिकाउने विचारले कसरी पृथ्वी वस्ने मानिसहरु चिरन्जीवी हुन सक्दछन् भन्ने वारे बुझाउन समुन्द्रको किनारमा योग सिकाई रहदा पार्वती पुग्छीन् र समुन्द्र भीत्र रहेको माछाको गर्व भित्र रहेका माछाको भुराले यो कुरा सुने पछी मैले सुने भन्ने आवाज बाट जोसँग भएका महादेवले पछी माछाका भुरालाई मानिस जस्तै हुन सकेस भन्ने बरदान दिई कैलाश जानु भएछ ।

यसरी मत्स्य गर्वबाट आरुनो प्रतिष्ठा फैलाउन सक्ने मछिन्द्रनाथ योग विधाको निम्ती प्रमुख गुरु मानियो र उनैको सहयोगको खातिर महादेव आफु गोरखनाथको अवतार लिएर मच्छिन्द्र नाथलाई सहयोग पु¥याएको धार्मिक कथन छ ।

पछी लिच्छवी राज्य गुणकामनादेवको पालामा गुरु गोरखनाथ रिसाएर सम्पूर्ण नागको आशन वनाएर वस्नु भए पछी नेपालमा ठूलो हाहाकार मच्चियो । आकाशबाट एक थोपा पानी परेन ठूलो अनिकाल लाग्यो । तान्त्रीक विधीबाट हेर्दा गोरखनाथका गुरु मच्छिन्द्र नाथलाई नेपाल ल्याउन सकिएमा त्यो बाधा हट्छ भन्ने कुरा थाहा पाए पछि राजा, तान्त्रीक, एकजना किसान ज्यापु समेत गएर मच्छिन्द्रनाथलाई रिझाएर नेपाल ल्याए । आफ्नो गुरुको नेपाल आगमनको कुरा सुनेपछि गोरखानाथले दर्शन गर्न उठे पछि सम्पूर्ण नागहरु मुक्त भएर नेपालमा पानी परुयो, अब अनिकाल रहेन ।


तसर्थ त्यही सम्झना स्वरुप नेपाल भित्रिएको रुपमा रथमा राखेर बाजा, गाजा सहित रथ तानिएको हो भन्ने प्रचलन प्रचलित छ । दोलखामा पनि सोही रुपमा अन्नदाताको रुपमा मान्ने प्रचलन प्रचलित छ ।

सन्दर्भ ग्रन्थ :
कालिञ्चोक युवा क्लवको मुखपत्र आँखा पत्रिका
यज्ञकुमार प्रधानद्वारा लिखित दोलखाको स्थानिय पत्रपत्रिकाबाट

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!