Search

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा रियल मड्रिड र चेल्सीबीच प्रतिस्पर्धा

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा रियल मड्रिड र चेल्सीबीच प्रतिस्पर्धा

१४ बैशाख, बाँपीझ्याला, काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आज रियल मड्रिड र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ । स्पेनिस क्लब रियल र इंग्लिस क्लब चेल्सीबीचको खेल रियलको अस्थाई मैदान अल्फ्रेडो डी स्टेफानोमा हुनेछ ।

रियल र चेल्सीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा रियल जित निकाल्दै फाइनलको नजिक पुग्न चाहन्छ । तर, च्याम्पियन्स लिगका सर्वाधिक सफल टिम रियललाई चेल्सीविरुद्ध सहज भने हुने छैन ।

चेल्सी पनि रियललाई स्तब्ध पार्दै फाइनल नजिक पुग्न चाहन्छ । रियल र चेल्सीबीच यो चौंथो भेट हो । यस अघिका तीन भेटमा चेल्सीले २ जित निकाल्दा एक खेल बराबरी भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!