Search

आज ३ बजे माओवादी केन्द्र स्थायी कमिटी बैठक बस्दै

आज ३ बजे माओवादी केन्द्र स्थायी कमिटी बैठक बस्दै

बाँपीझ्याला, काठमाण्डौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज ३ बजे बस्ने भएको छ । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सो बैठक बस्न थाहा भएको छ । केही दिनदेखि स्थगित भएको सो दलको स्थायी कमिटी बैठक मंगलबार सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पछिल्लो राजनीतिक अवस्थाका साथै अध्यक्ष प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालयका तर्फबाट पेस हुने विधानको बारेमा केन्द्रित हुने बताइएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने चर्चा भइरहेका बेला माओवादीको यो बैठकलाई चासोका महत्वका साथ हेरिएको छ । यसअघि बसेको माओवादी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै त्यसको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!