Search

जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारसँग माओवादी केन्द्रको आग्रह

जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारसँग माओवादी केन्द्रको आग्रह

बाँपीझ्याला, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन् ।

‘स्वास्थ्य सेवा प्रभावकारी बनाइ जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ,’ दाहालले भनेका छन्, ‘म सरकारसँग जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु ।’

छिमेकी राष्ट्र भारतको अवस्था हेरेर खुल्ला सीमा रहेको देशको स्थिति भयावह बन्नेतर्फ सचेत रहनुपर्ने उनको विज्ञप्तिमा छ । महामारीको मारमा श्रमजीवी वर्ग पर्ने भएकाले उनीहरुका लागि विशेष सहयोगको व्यवस्था मिलाउन सरकार साथै निजी क्षेत्रसँग दाहालले अपिलसमेत गरेका छन् ।

‘महामारीको सबैभन्दा बढी मार श्रमजीवी जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग पनि अपील गर्दछु,’ विज्ञप्तिमा छ ।

दाहालले तीनै तहका सरकार तथा पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुलाई स्वयंमसेवीका रुपमा महामारीका विरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन आग्रहसमेत गरेका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!