Search

कोरोनाबाट २४ घण्टामा थप २८ जनाको मृत्यु, ३१२२ नयाँ संक्रमित

कोरोनाबाट २४ घण्टामा थप २८ जनाको मृत्यु, ३१२२ नयाँ संक्रमित

१२ बैशाख,बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ३२ पीसीआर पोजेटिभ र ९० जना एन्टिजेन पोजेटिभ भेटिएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना गरी उपत्यकामा १ हजार ४९८ जना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । यसैगरी ४५० जना भने संक्रमणमुक्त भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!