Search

भारतमा एकै दिन करिव साढे तीन लाखमा कोरोना संक्रमण, २७६१ को मृत्यु

भारतमा एकै दिन करिव साढे तीन लाखमा कोरोना संक्रमण, २७६१ को मृत्यु

१२ बैशाख,बाँपीझ्याला, काठमाण्डौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा पछिल्लो २४ घण्टामा मात्र करिव साढे तीन लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ४९ हजार ३१३ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।


यसअघि शनिबार (हिजो) वैशाख ११ मा भारतमा दोस्रो धेरै घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६९ लाख ५१ हजार ७६९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ४० लाख ७८ हजार ८१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २६ लाख ८१ हजार ३७८ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ९२ हजार ३१० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ७६१ जनाको मृत्यु भएको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!