Search

भीमेश्वर न.पा. –२ फुलपामा स्वास्थ्य सामाग्री हस्तान्तरण

भीमेश्वर न.पा. –२ फुलपामा स्वास्थ्य सामाग्री हस्तान्तरण

बद्री दाहाल,
बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालीका वडा नं. २ स्थित फुलपामा रहेको दिलढुङ्गा शहरी स्वास्थ्य केन्द्र मार्फत गुणस्तर स्वास्थ्य सेवा प्रबाह गर्न र हालको बढ्दो कोभिडको संक्रमणलाई मध्यनजर गर्दै Saraswoti Kinderhilfe e.V. Saraswoti Kinderhilfe e.V. नामक संस्थाको संस्थापक श्री Annette Berger को आर्थिक सहयोग्बाट प्राप्त अति आवस्यक औषधि, मास्क, स्यानिटाइजर, सर्जिकलका सामग्रीहरु, autoclave machine, bp set, pulseoximeter लगायत विभिन्न स्वास्थ्यका सामग्रीहरु यसै शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज श्री पन्जु तमाङ्ग र स्थानिय बद्री दाहाल लगायतका टोलिहरुको उपस्थितिमा हस्तान्तरण गरियो ।

त्यसै गरि समय अनुकुल मिलाएर क्रमिक रुपमा राम्पा शहरी स्वास्थ्य केन्द्रका लागि प्राप्त भएको अति आवस्यक औषधि र सर्जिकलका सामग्रीहरु यथाशीघ्र सम्बन्धित शहरी स्वास्थ्य केन्द्रका इन्चार्जलाई हस्तान्तरण गर्ने जानकारी बद्री दाहालले बताउनु भयो । समग्र विकासका प्राथमिकतामा नपरेका तपाईं हाम्रो गाउँठाउँलाई तपाईं हामि जस्तै सचेत युवाहरुको सक्रिय सहभागितामा काधँमा काधँ हातमा हात मिलाउदै चरणबद्ध रुपमा विकासका कार्यलाई अघि बढाउनु पर्छ ।

पेसागत क्षमतालाई थप प्रभावकारी र फलदायी बनाउन विगत देखि नै सहयोग पुर्याउदै आउनु भएका आदरणीय ब्यक्तित्व annette berger सिस्टरलाई हृदयदेखि नमन ब्यक्त गर्न चाहन्छु । फुलपावासी दोलखालीहरुको तर्फबाट सम्पुर्ण सहयोगी मनका धनीहरुलाई आभार सहित धन्यवाद व्यक्त गरेको समेत बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!