अजय प्रधान
बाँपीझ्याला, दोलखा । कोविड १९ को संक्रमणबाट नेपाली जनताहरुलाई बचाउनको लागि नेपाल सरकारको मन्त्री परिषद्को मिती २०७७ साल असोज ३० गते देखि लागू हुने गरी दोलखा जिल्लाका प्रसिद्ध भीमेश्वर मन्दिर लगाएत बिभिन्न शक्तिपिठहरुमा नित्य पूजाहरु बाहेक अन्य गतीबिधीहरु निषेध गरी दोलखा जिल्ला प्रशासन कार्यालयले बन्द गर्दै आएको थियो । यसै गरी कोविड संकट व्यवस्थापन केन्द्र दोलखाले मंसीर १९ गतेदेखि लागू हुने गरी जिल्लाको बस्तुगत स्थितीलाई मध्यनजर गरी उक्त आदेश हटाई भीमेश्वर मन्दिरको मुल प्रवेशद्वारमा मात्र प्रवेश निषेध गरिएको थियो ।
उक्त प्रवेशद्वार निषेधको निर्णयलाई स्थानिय बासिन्दाहरुको अनुरोधलाई मध्यनजर गरी यही बैशाख ६ बाट श्री भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितीले सर्वसाधारणको लागि प्रवेशद्वार खुल्ला गरिएको थियो ।
तर दुःखद कुरा फेरी मन्त्री परिषद्को बैशाख ६ गते कै निर्णय अनुसार कोविड १९ को दोश्रो संक्रमणको कारण देखाई नेपाल भरीका बिभिन्न शक्तिपिठहरु सर्वसाधारणले दर्शन गर्न नपाउने लगाएत सभा, सम्मलेन गर्न नपाउने भनी निर्णय गरे संगै सोही निर्णयको कार्यन्वयको लागि जिल्ला प्रशासन कार्यालय दोलखाले बैशाख ८ गते निकालेको बिज्ञप्ती अनुसार आज ११ गते देखि लागु हुने गरी दोलखा भीमेश्वर तथा कालिञ्चोक मन्दिर लगाएतका शक्तिपिठहरु स्वास्थ्य मापदण्ड पालना गरी नित्यपूजा बाहेक सर्वसाधारणको लागि मन्दिर दर्शनको लागि फेरी निषेध गरिएको जानकारी आग्रह सहितको बिज्ञप्ती निकालेको थियो ।
उक्त निर्णयलाई आधारमानी श्री भीमेश्वर मन्दीर गुठी तथा पूजा व्यवस्थापन समितीले आज छक्काल मध्यान्ह पूजा सम्पन्न पछी बैशाख मसान्तसम्म मन्दिर बन्द रहने छ भनी व्यवस्थापन समितीका सचिव चरित्रकृष्ण जोशीको नामबाट बिज्ञप्ती निकालेको छ ।
यस सम्वन्धमा भीमेश्वर नगरपालीका वडा नं. २ को वडाध्यक्ष विराजमान श्रेष्ठ संग सम्पर्क गर्दा वहाँको भनाई अनुसार जिल्ला प्रशासन कार्यालय चरिकोट दोलखाले आज ११ गते विहानदेखि नित्य पूजा बाहेक अन्य पूजा र सर्वसाधारणको लागि मन्दिर प्रवेश बन्द गर्ने भन्ने निर्णयको आग्रह अनुसार त्यही अनुसार बन्द गर्न वडा नं. २ को तर्फबाट भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिती संग सल्लाह, सहमती भएको थियो । तर निर्णय अनुसार आज विहानदेखि मन्दिर बन्द भएन र किन बन्द नगरिएको भनी व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठ संग कुरा गर्दा चित्तबुझ्दो जवाफ नपाएको भनाई रहेको छ । यसै गरी स्थानिय श्रोतका अनुसार आज वहाँहरुको चिनजानको आफन्तको बलिपूजा र लाखबत्ति पूजा भएको कारणले दिउँसो १ बजेदेखि मात्र बन्द गर्ने भन्ने जानकारी प्राप्त भएपछी गुठीयारहरुले गरेको लापरवाहीको आफुलाई चित्त नबुझेको बताउनु भयो ।
यसरी किन भयो भन्ने प्रश्नमा वहाँले अगाडी भन्नु हुन्छ केही गुठीयारहरुको आफन्त नातेदारहरुको बोका बलि पूजा र लाखबत्ति बाल्ने कार्यक्रम रहेकोले सल्लाह र अनुरोध गर्दा गर्दै पनी आफ्नै हिसावले दिउँसोदेखि मात्र मन्दिर प्रवेशमा रोक लगाएको छ । यो व्यवस्थापन समितीको लापरबाही र मनोपोली भएकोमा रुष्ट देखिनु भएको थियो । कहिले मन्दिरको सन्याकालिन पूजा पछी उनीहरुको आफन्त र चिनजानको व्यक्तीलाई ढोका खुल्ला गर्ने गरिन्छ यो किन ?
यसै गरी भोलीको दिनमा उनीहरुको चिनजानको बाहेक अरु भक्तजनको पूजा छ त्यस्को लागि व्यवस्थापन समितीले मन्दिरको ढोका खुल्ला गर्छ कि गर्दैन ? किन केही गुठीयारहरु आफ्नो मनलागि गर्छन ?
स्थानिय निकाय संगको सल्लाह र सहमती अनुसार निर्णय नगरी वेवास्ताका साथ अपहेलना गरकोमा व्यवस्थापन समितीले गल्ती स्विकार गर्नु पर्नेमा जोड दिनु हुन्छ । होईन भने भोली उनीहरुको निर्णय अनुसारमात्र भीमेश्वर मन्दिरको ढोका बन्द र खुल्ला नहुन सक्छ । यस बारेमा सम्वन्धीत निकायको ध्यानकार्षण समेत गराउन चाहन्छु भनेर भन्नु भयो । व्यवस्थापन समितीको अति लापरबाही र हरेक कुरा मिलोमतोमा निर्णय हुने भएकोले यो पटकमा आफुले धेरै सहन्दा सहन्दै अव सहन नसक्ने स्थितीमा पुगेकोले आफुले यसरी सार्बजनिक रुपमा अभिव्यक्ती दिएको भनाई वडाध्यक्ष श्रेष्ठको रहेको छ ।
यस सम्वन्धमा व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठ संग सम्पर्क गर्दा जिल्ला प्रशासन कार्यालयको आग्रहको निर्णय अनुसार आजदेखि बन्द गर्नु पर्छ भन्ने बिज्ञप्ती निस्केको फेसवुकबाट थाहा पाएको तर आन्तरीक रुपमा व्यवस्थापन समितीलाई कही कतैबाट केही चिठ्ठी पत्र प्राप्त भएको छैन । तर पनी प्रमुख जिल्ला अधिकारी संगको सम्पर्क र समन्वय अनी व्यवस्थापन समतीको निर्णय अनुसार आज दिउँसोबाट बन्द गर्ने निर्णय गरिएको हो ।
मौखिक रुपमा वडाध्यक्ष विराजमान श्रेष्ठले विहानदेखि बन्द गर्नु पर्ने किन खुल्ला भनेर फोन गर्नु भएको थियो । तर व्यवस्थापन समिती भएको कारणले गर्दा समितीको निर्णय नभएको कारणले गर्दा वडासंगको समन्वय अनुसार नभएको र कती कुरा आन्तरीक सहमतीमा जानु पर्ने भएकोले सवैकुरा यहाँ भन्नु भन्दा आन्तरीक सहमतीबाट जानु पर्ने भनाई अध्यक्ष श्रेष्ठको रहेको छ ।
