Search

आफूमाआत्माबल आत्माविश्वास भएपछि अग्रसर हुन कतैबाट अप्ठ्यारो स्थिति सृजना हुदैन ।

आफूमाआत्माबल आत्माविश्वास  भएपछि अग्रसर हुन कतैबाट अप्ठ्यारो स्थिति सृजना हुदैन ।
ईन्जिनियर श्याम चन्द्र श्रेष्ठ

ईन्जिनियर श्याम चन्द्र श्रेष्ठ दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं २ ट्वाल्चा टोल दोलखामा वि.सं. २०४० साल चैत्र २९ मा जन्मनु भएको हो । बाल्यकाल जन्मघरकै आगनमा स्थित राजकुलेश्वर स्कुलमा प्राथमिक शिक्षा पार गरेर माध्यमिक शिक्षा भीम माध्यमिक विद्यालयबाट अध्ययन गरी २०५६. सालमा एस.एल.सि.उतिर्ण गरी उच्च शिक्षाको लागि एस.एल.सि. पछी काठमाडौंमा आउनुभएको हो । प्रविणता प्रमाणपत्र तह पिपल्स क्याम्पस पकनाजोलबाट र स्तातक तह बिई खोप कलेज भक्तपुरबाट पास गर्नु भएको श्रेष्ठले स्नात्तकोतर तहसम्म अध्ययन पुरा गर्नु भएको छ ।
पिता टेक बहादुर श्रेष्ठ र माता सरस्वती श्रेष्ठको कान्छो सुपुत्र हुनुहुन्छ । एक दाजु स्वर्गीय रामचन्द्र श्रेष्ठले नै उहाँलाई उच्च शिक्षा हासिल गर्न उत्प्रेरित गर्नुभएको थियो । तर दाजुको अल्पायुमै एउटा दुःखद गाडी दुर्घटनामा दिवंगत भएपछिको कडा दुःखलाई आत्मसात् गरेर आज सफल ईन्जिनियर बन्नु भएको छ । उहाँको एक दिदी यजु श्रेष्ठ हुनुहुन्छ । भोलि २०७८ साल बैशाख ११ गते महाभूकम्प आएको ठ्याक्कै ६ वर्ष पुग्छ, त्यही ०७२ बैशाख १२ गतेको कालो दिनलाई बिर्सनको लागि नयाँ धरहराको मुनि बसेर सो घटनामा दिवंगत हुनेहरुको आत्माको शान्तिको कामना गरेर अतीतलाई भुलेर वर्तमानमा मुस्कुराउनु सकोस् भन्ने उद्देश्यले उद्घाटनको कार्यक्रम राखिएको कुरा ईन्जिनियर तथा निर्माण व्यवस्थापन प्रमुख श्याम चन्द्र श्रेष्ठ बताउनु हुन्छ । यसै सन्दर्भमा ईन्जिनियर श्यामचन्द्र श्रेष्ठ र बाँपीझ्याला डटकमको तर्फबाट बालकृष्ण श्रेष्ठ “पासा” बिच भएको कुराकानीको मुल अंश यहाँहरुको लागि प्रस्तुत गरेका छौं ।

नमस्कार । यहाँलाई हाम्रो बाँपीझ्याला डटकम अनलाइन पत्रिकामा स्वागत छ ।
नमस्कार, हजुरहरुलाई हृदयदेखि धन्यवाद !

तपाईंलाई यस्तो कम उमेरमै यति ठूलो जिम्मेवारी पाउनुभयो, कस्तो महशुस गरिरहनु भएको छ त ?
सबैभन्दा ठूलो आत्मबल हो । अनि त्यसपछिको शक्ति भनेको आत्मविश्वास हो । यी दुई कुरा आफूमा भएपछि अग्रसर हुन कतैबाट अप्ठ्यारो स्थिति सृजना हुदैन जस्तो लाग्छ मलाई । त्यसैले यस कार्यलाई मैले सरल तरिकाबाट लिएको छु ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तपाईंहरूको रमन कन्स्ट्रक्सन कम्पनीलाई यो धरहरा निर्माण गर्ने अभिभारा सुम्पेपछि के कस्तो गुरुयोजना राख्नुभएको थियोे त ?

अब यस कुरामा त म एक्लैले गुरुयोजना बनाउने कुरा भएन, हाम्रो कन्स्ट्रक्सनको जिम्मामा यही धरहरा आउनेछ भन्नेमा हामी विश्वस्त त थिएनौं । तैपनि सबैको सल्लाहअनुसार टेण्डरमा फर्म भरियो, यदि टेण्डर परि हाल्यो भने हामी पूर्ववत् तैयारीमा नै थियौँ । काम गर्ने मनशाय राखेपछि साहसपूर्ण गर्न जरुरी छ, त्यस माथि पनि नेपाल सरकार र नेपालीहरु नै लागेर बनाउने भएकोले हामीलाई दृढ विश्वास मिलेको थियो । सो अनुसार हामी अगाडि बढ्यौं ।

निर्माण शुरुआत हुनुभन्दा पहिले केही व्यवधानहरु आएको थियोे कि ?
व्यवधानको कुरा सम्झेर पछि हटेको भए शायद आज २१ औं तलामा बसेर हजुरहरुसंग अन्तर्वार्ता दिन पाईन्थ्यो र !… यहाँ त भत्केको धरहराको कुरामात्र थिएन । जग्गाको क्षेत्रफल बढाउने कुरा भयो, पहिले जस्तै धरहरा ठड्याउने इतिहास जोगाउने मात्रै नभएर अब पछिका शताब्दीलाई नै अविस्मरणीय उपहारको रुपमा विशाल क्षेत्रमै धरहराको पहिचान दिलाउने गम्भीर विषय भएकोले यतातिर बढी नै समय खर्चिनुपर्यो ।

कस्तो होला भन्न मिल्छ ?
किन नमिल्नु र, सबैभन्दा पहिले जग्गाको लागि स्थानीयवासीसंग समन्वय गर्नुपर्यो । उनीहरुको व्यक्तिगत जग्गा लगायत व्यापारिक बाटो भएको कारणले परेको समस्याको निराकरण गर्ने पक्ष पहिलो थियोे । यसपछी दोश्रोमा नेपाल सरकारको टकसार विभाग यसैमा टाँसिएको जग्गाजमिनमा समन्वयात्मक भूमिका निभाउनु पर्यो । सम्झौता पत्रमा हस्ताक्षर गरेरै पनि दुई वर्ष पछि बल्लबल्ल कुरा मिलाएर अगाडि बढ्न सक्यौं । फेरि तेस्रो खण्डमा गोश्वारा हुलाकका जग्गामा समय दिनुपर्ने भो, त्यसैगरी काठमाडौं मल संचयकोष भवनसंग समन्वय गर्नुपर्ने भो । यसरी व्यक्ति, वर्ग, समाज, राजनीतिक पार्टीको मान्छेलाई समेत चित्त बुझाएर अगाडि बढ्न कठिनाइ त हुने नै भयो । त्यसपछि पनि अण्डरग्राउण्ड गरिएका खानेपानीको पाईप, बिजुलीको लाईन, टेलिफोन क्याबिनेट लाईन अनि सुनधाराको पुर्णरुपमा वातावरण मिलाउन समय लाग्यो । त्यसैले पनि समयमा तैयार गर्न कठिन भएको हो ।

झन् कोभिड–१९ ले पनि अप्ठ्यारो पारिदियो होइन र ?
अनि त, कोभिड–१९ कै कारणले त झनै समस्या थपदियो, धेरैजसो तराईवासी भाइहरु घर तर्फ लागे बस्नेहरुलाई पनि हेर्नुपर्ने भयो, तै पनि हामीले सामाजिक हितविपरीत कुनै कदम नचालिकन रातदिन खटेर आज यो अवस्थामा ल्याई पु¥याउन सकेका छौं ।

अब बाँकी रहेका अन्य योजनाबारे केही बताउनु न त…!
अब बाँकी भनेको तीन तला अण्डरग्राउण्ड पार्किङ, तलाउ, विश्रामस्थल, बगैँचा निर्माणका काम सकिन लाग्छ एक डेढ वर्ष अझै ।

कस्तो देखिनेछ छ त बाँकी ग्राउण्ड डिजाइन ?
हजुरहरु लगाएत नेपाली जनतालाई थाहा होस् भनेर नै हामीले युट्युबमा “धरहरा निर्माण मास्टर प्लान” भिडियो राखेका छौँ ।

बाँपीझ्याला अनलाईन पत्रिका कस्तो लाग्छ ?
बाँपीझ्याला पत्रिका राम्रो छ । जसले उपत्यका पछी नेवार जातीको बाग्लो बस्ती रहेको दोलखा जिल्लाको ऐतिहासिक दोलखा शहरमा बोलीने नेवारी भाषा प्रबद्र्धनमा सहयोग गर्ने र त्यहाँका ऐतिहासिक तथ्यलाई नेपाली दाजुभाई दिदिबहीनीहरु समक्ष पु¥याउने मुल उद्देश्य र लक्ष्य राखेर आजभन्दा बीस बर्ष अगाडी दुईपानाको मासिक पत्रीकाबाट शुरु गरी, म्यागसिज हुर्दैै आज अनलाईनसम्म पुगेको छ ।
यसलाई हामी सवैले सकारात्मक लिनु पर्छ र सहयोग गर्नु पर्छ भन्ने लाग्छ । यस पत्रिका र यसमा आवद्धभई सहयोग गर्दै आउनु हुने दोलखाली दाजुभाई, दिदिबहीनी र सम्पादक उपेन्द्र प्रधान दाजुलाई विशेष आभारका साथ हार्दीक धन्यवाद व्यक्त गर्दछु । साथै यस पत्रिकाले आफुले लिएको उद्देश्य प्राप्त गरोस भन्ने कामना सहित यस कार्यको लागि मेरो तर्फबाट गर्नु पर्ने सहयोगको लागि सधै तयार रहेको पनी प्रतिबद्धता जाहेर गर्दछु ।

हवस् त श्यामचन्द्र जी, यति विघ्न कामको चटारो हुँदाहुँदै समय मिलाएर केही जिज्ञासा मेटाईदिनु भयो यहाँहरुको बाँकी योजना पनि सहजरूपमा र यथाशीघ्र सम्पन्न होस् फेरि पनि यही धरहराको शिरोभागमा बसेर सबै दृश्यलाई कैद गर्न सकौं है त !

हजुरलाई पनी विशेष धन्यवाद । बालकृष्ण दाजुले मेरो व्यक्तिगत बिचार र यस कम्पनीको कार्यलाई नेपाली दाजुभाईहरु माझ लानलाई सहयोग गर्नु भएकोमा हजुरलाई र बाँपीझ्याला डटकम अनलाईन पत्रकिा लाई हार्दिक धन्यवादका साथ आभार व्यक्त गर्दछु । यस कार्यको लागि म अत्यन्तै खुसी भएको छु । यसै गरी धरहरा भोली उद्घाटन हुन गईरहेको छ त्यसमा यहाँ र यहाँको टिम पाल्नुहोला भनेर निमन्त्रणा चढाएँ । धन्यवाद सहीत ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

One thought on “आफूमाआत्माबल आत्माविश्वास भएपछि अग्रसर हुन कतैबाट अप्ठ्यारो स्थिति सृजना हुदैन ।

  1. BK Pasa

    Congratulations Bhanjo babu God bless to you .

Leave a Comment