Search

धरहरा बन्यो योजना बाँकी नै..

धरहरा बन्यो योजना बाँकी नै..

बालकृष्ण श्रेष्ठ “पासा”
आजभन्दा ठिक ६ वर्ष अगाडि अर्थात् २०७२ साल बैशाख १२ गतेको शनिवारको मध्य दिन १२ बजेर ५४ मिनेट जादा एक्कासी जमीन हल्लेको कम्पन आयो । जुन महाविनास भुकम्प आएको थियो । यसले देशलाई अकल्पनीय घटना दुर्दशा बनेर घटेको सम्झना गराई दिन्छ । सम्झिदा यस्तो लाग्छ कि जानेर नजानेर भएपनि पूर्वजन्ममा कुनै कल्याणकारी धर्म गरिएको थियौं होला । त्यसैले त्यही दिनलाई स्मरण गर्दै आज नयाँ धरहराको बारेमा विश्लेषण गर्ने मौका जुरेको छ ।

यही धरहरा हो । जुन धरहरा वि.सं. १८२० सालमा तत्कालीन राणाकालीन शासनको पालामा एक रानीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाको पालामा बनेको थियो । सोही धरहरा १९९० सालको भूकम्पको कारण ११ तले धरहरा भत्किएपछि पूनर्निर्माण गरेर ९ तलामा सिमित भएको थियोे । सोही धरहरा ८२ वर्ष पछि अर्थात् २०७२ साल बैशाख १२ गतेको दिन हल्लेको भूकम्पको कारणले पूर्ण रुपमा ध्वस्त भएर २१–२२ टुक्रा भएको थियोे । जसको यथार्थता सबैलाई थाहा भएकै कुरा हो ।

सो भूकम्पको कारण यो धरहरा मात्रै होइन कि मध्य पश्चिम देखि पूर्वाञ्चल भू–भागसम्म धेरै धनजनको क्षति भएको थियोे । त्यसै गरी अत्यधिक साँस्कृतिक, धार्मिक सम्पदाको ध्वस्तमा यो ऐतिहासिक धरहरा अछुतो रहेन । इतिहासको जगदेखि नै सम्झेर प्राचीनताको जगेडा गर्न सबैलाई तताउने काम गरेको थियोे सो भूकम्पले ।


अब प्रसङ्ग धरहरा निर्माण तिर, भग्नावशेष धरहरा पुनर्निर्माणका क्रममा धेरैजसो कम्पनीले आाँखा लगाए पनि बनाउने जिम्मेवारी भने रमन कन्स्ट्रक्सनले पायो । पहिले त नेपाल टेलिकमले बनाउने व्यापक हल्ला चलेको थियोे, तर उक्त टेलिकमले धरहरा बनाउने तर आफ्नै हिसाबले व्यापारिक प्रयोजनमा बनाउने शर्त निकालेपछि प्राधिकरणले सो शर्तलाई मञ्जुर नगरीकन टेण्डरमा हालेको र सोही टेण्डरबाटै रमन कन्स्ट्रक्सनले उक्त धरहरा बनाउने अनुमतिपत्र प्राप्त गरेको हो । सोही कार्यक्रमको कार्ययोजनामा रमन कन्स्ट्रक्सनले धरहरा निर्माणको व्यवस्थापनलाई जागरुक बनाउनेतर्फ विशेष ध्यान दिएर प्रमुख ईन्जिनियर राममान मानन्धरलाई विज्ञको रुपमा राखेर ईन्जिनियर श्याम चन्द्र श्रेष्ठलाई व्यवस्थापन प्रमुखको जिम्मा दिएको हो ।

नेपालको यो एकमात्र यो यस्तो धरहरा हो जुन राजधानीमा ऐतिहासिक साँस्कृतीक शहरको प्रतीकको रुपमा मानिन्छ । तर दुःख लाग्दो कुरा के छ भने साँस्कृतिक सम्पदालाई नै ओझेलमा पार्ने गरि मापदण्ड विपरीत अग्ला अग्ला घरहरुको निर्माणले विश्व सम्पदाको सूचीमा रहेका मन्दिरको अस्तित्वमाथि प्रश्न चिन्ह खडा गरेको छ । जस्तो कि पशुपति नाथको मन्दिरको नजिकै अग्ला अग्ला घर बन्नु, घण्टाघरको महत्वलाई नै मेटिने गरि मल, महल ठड्याउनुमा सरकारले निगरानी गर्न हिच्किचाएको पो हो कि या थाहा हुँदाहुँदै अनभिज्ञ बनेजस्तो लाग्छ ।


यो धरहरा निर्माणको क्रममा सानातिना विवाद नभएको पनि होइन, सर्वसाधारणको हितलाई ध्यानमा राखेर सहजरूपमा धरहरामा तलमाथि आवतजावत गर्नको लागि समयको माँग बमोजिम लिफ्ट राखिएकोमा केही केही व्यक्तिको बिचारमा अस्वभाविक लाग्ने गरेको पनि सुनिनमा आएको छ । तर नयाँ ठाउँमा नयाँ चलन अनुसार नयाँ प्रविधिको प्रयोग हुनु नराम्रो होइन ।

त्यसो भने त पैदलमार्गबाटै मन्दिरमा दर्शन गर्न जाँदा जति आनन्द र मनोरञ्जन प्राप्त हुन्छ त्यत्तिको शायद केबुलकारमा नहोला । अझ धरहरा त सम्पदा भित्र परेको इतिहासको प्रतीक हो । धार्मिक मन्दिरमा त कतै कतै शारीरिक कष्टकर बनाएर नै पापमोचनको नाममा घुँडा टेकेर पानी समेत नपिकन कोसौं पैदल हिंडेर गए धर्म र मोक्ष प्राप्त हुन्छ भनेर दुःख गर्नुपर्ने ठाउँमा चाहिँ केबुल कार चढेर जान रमाउने, तर ऐतिहासिक धरहरामा लिफ्ट राख्दा चाहिँ किन खण्डन गर्ने त ?


समयको परिवर्तनको समेत हिसाबकिताब राख्न नजान्नेहरुले अनर्गल आवाज उठाएर विरोध जनाउनु त्यति उचित नहोला कि ? जे होस् ऐतिहासिक धरहरा निर्माण सम्पन्नले इतिहास प्रतिको आस्थालाई जिवन्त राखेको छ । तर यो सम्पन्न भएपछी के गर्ने कसरी संचालन गर्ने भन्ने बारेमा सरकारको स्पष्ट निती सार्वजनिक भएको छैननी । सायद आशा गरौ यो कार्यपनी छिट्टै सार्वजनिक होला ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!