Search

आजदेखि जिरीमा दोलखा जिल्ला तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

आजदेखि जिरीमा दोलखा जिल्ला तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला जिरी नगरपालीका वडा नं. ६ मानेडाँडास्थित जिरी माध्यमिक विद्यालयको प्राङ्गनमा आजदेखि जिल्ला स्तरीय तेश्रो राष्ट्रपती रनिङ प्रतियोगीता शुरु भएको छ । जिल्ला खेलकुद विकास समिती दोलखा र जिरी माध्यमिक बिद्यालयको व्यवस्थापनमा उक्त खेलकुद कार्यक्रम शुरु हुन गईरहेको थाहा भएको छ ।


बागमती प्रदेश सांसद एवं कार्यक्रमका प्रमुख अतिथी पशुपती चौलागाईले उद्घाटन गर्नु भएको उक्त प्रतियोगीतामा सांसद चौलागाईले खेलकुद र पर्यटन एकआपसमा परिपुरक भएको र खेलकुदको माध्यमबाट दोलखा जिल्लाको पर्यटन क्षेत्र विकासमा सहयोग हुने कुरा बताउनु भयो । यसै गरी जिरीमा खेलकुद र पर्यटन क्षेत्रको विकास विस्तारको लागि प्रदेश सरकारबाट आवश्यक सहयोग प्राप्त हुने बताउनु हुर्दै त्यस कार्यको लागि आफ्नो तर्फबाट पनी सक्दो प्रयास हुने बताउनु भयो ।


दोलखा जिल्ला समन्वय समितीका प्रमुख डब्बल बहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा जिरी नगरपालीकाका नगर प्रमुख टंक जिरेल, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष रोहित खड्का लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो । यसै गरी उक्त उद्घाटन कार्यक्रममा रामेछापका पूर्व सांसद देव शंकर पौडेल, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामी, जिरी नगरपालीकाका उपप्रमुख कृष्ण मायाँ खड्का बुढाथोकी लगाएका सहभागीता रहेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!