१० बैशाख, बाँपीझ्याला, काठमाण्डौं । कोरोनाको दोश्रो लहरको प्रभाव देशभर देखिएको छ । यसले चलचित्र प्रदर्शन ठप्प छ । तर, चलचित्रको छायांकनमा भने ठूलो असर परिरहेको छैन । मदन घिमिरेको निर्देशनमा निर्माण हुन लागेको चलचित्र आँधी तुफान –२ को छायांकन बिहिबारबाट सुरु भएको छ
। बिहिबार चाबहिलस्थित एक पार्टी प्यालेसमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी दिएका छन् । एक दशक अगाडि निर्माण भएको चलचित्र ‘आँधी तुफान’ को सिरिजको रुपमा बन्न लागेको यो चलचित्रमा कनिज कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुष्कर राउत लगायतको अभिनय रहनेछ । सस्पेन्स थ्रिलर कथामा यो चलचित्र निर्माण हुने बताइएको छ ।
चलचित्रमा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन निर्देशन, सुरेश अधिकारीको संगीत, कमल राइको नृत्य निर्देशन रहनेछ । चलचित्रको छायांकन काठमाडौं, काभे र धुलिखेलमा हुने बताइएको छ ।