Search

दोलखा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयको कार्यान्वय गर्न दोलखा प्रमुख जिल्ला अधिकारीको आग्रह

दोलखा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयको कार्यान्वय गर्न दोलखा प्रमुख जिल्ला अधिकारीको आग्रह

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र चरिकोट दोलखाको आज बैठक सम्पन भएको छ । उक्त केन्द्रको बैठकको निर्णय कार्यान्वय गर्न प्रमुख जिल्ला अधिकारीले एक बिज्ञप्ती प्रकाशन गरी आग्रह गरिएको छ । नेपाल सरकारले संक्रात्मक रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरेको आदेश तथा मन्त्री परिषद्को मिती २०७८ बैशाख ६ गतेको निर्णय अनुसार व्यवस्था मिलाउन १० बुँदे ३ पानाको आग्रह बिज्ञप्ती प्रकाशन गरेको छ ।

उक्त बिज्ञप्तीमा दोलखा जिल्लाका स्थानियतहहरुले स्थापना गरिएको क्वारेन्टाईन, आईसोलेसन सेन्टर लगाएका स्थानहरु पुनः संचालनमा ल्याउने, बिद्यालय र कलेजका पूर्व निर्धारित परिक्षाहरुमा स्वास्थ्य मापदण्ड अपनाई सचालन गर्ने, सभा, सम्मेलन, जुलुस लगाएत अन्य भिडभाड हुने खालका सबै प्रकारका कार्यक्रमहरु बैशाख मसान्तसम्म बन्द गर्ने लगाएत राष्ट्रपती रनिङ शिल्डका बाँकी खेलकुदहरु दर्शक बिना संचालन गर्ने जनाएको छ ।

यसै गरी दोलखा भीमेश्वर तथा कालिञ्चोक मन्दिर लगाएतका दोलखा जिल्ला भित्रका शक्तिपिठहरु यही बैशाख ११ गतेदेखि स्वास्थ्य मापदण्ड अपनाएर बैशाख मसान्तसम्म नित्य पूजा गर्ने गराउने, सार्बजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुन नपाउने जनाईएको छ । पसल, शैलुन, डिपार्टमेन्ट स्टोर, सपिङ्गमल लगाएका व्यापारीक स्थलमा प्रवेश गर्दा स्यानिटाईजर, मास्क लगाउने, हात धुने, भौतिक धुरी कायम गरी सञ्चालन गर्ने गराउने, बिवाह, ब्रतबन्ध, धार्मीक कार्यक्रम संचालन गर्न बढीमा २५ जनाभन्दा बढी व्यक्तिहरु सामेल हुन नपाउने, स्थानिय निकाय, सरकारी

कार्यालयहरुबाट गरिने कार्यक्रमहरु गर्नको लागि सभा, सम्मेलन, गोष्ठी, सेमिनार आदी संचालन नगर्ने, सार्बजनिक यातायातमा माक्स अनिवार्य, यात्रुलाई ढोकाबाट प्रवेश गर्दा स्यानिटाईजर प्रयोग गर्न दिने, सरकारी कार्यालय, स्थानिय होटल व्यवसाय, विद्यालय, कलेजमा स्यानिटाईजर प्रयोग गरी हात पखाल्ने, १५ वेडसम्म क्षमता भएका सरकारी, गैरसरकारी र सामूदायिक अस्पताल संग संक्रमित रोगको उपचारको लागि सम्झौता गर्ने, सार्वजनिक यातायातले सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, मास्कको प्रयोग गर्ने, चालक र सहचालकले अनिवार्य रुपमा मास्क प्रयोग गर्ने, मास्क नलगाउने व्यक्तिलाई यात्रामा रोग लगाउने, मास्क नभएकालाई रु. दश लिई मास्क उपलब्ध गराई सहयोग गर्ने बिज्ञप्तीमा उल्लेख गरिउको छ ।


यसै गरी बैशाख ९ गतेदेखि एकहप्तासम्म दोलखा जिल्ला स्थित स्थानिय तहहरु कार्यालय, संघ–संस्था तथा सरोकारवाला अन्य निकायको सहभागीतामा खोइ मास्क अभियान संचालन गर्ने आदी बूदाहरु कार्यान्यको लागि उक्त विज्ञप्तीमा उल्लेखि गरिएको छ । बिज्ञप्तीको पूर्ण बिवरण यसमा संलग्न गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!