अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखाको जिरीमा एक दिवसीय मानव अधिकार शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रममा सम्पन्न गरिएको छ । उक्त प्रशिक्षण कार्यक्रममा मानव अधिकारको रक्षार्थ योगदान गरेका तीन जनालाई व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
बिगत लामो समयदेखि दोलखा जिल्लालाई पत्रकारीता क्षेत्रमा आफ्नो कार्यक्षत्र बनाइ पत्रकारीताको माध्यमबाट दोलखाको समग्र बिकास साथै नागरिक अधिकारका पक्षमा कलम चलाउदै, आम नागरिकहरुका पक्षमा वकालत गर्दै दोलखा जिल्लाको सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा पु¥याएको अतुलनीय योग्दानको उच्च मुल्यांकन स्वरुप नेपाल मानव अधिकार संगठन द्वारा दोलखाका युवा समाजसेवी तथा पत्रकार राजन बस्नेतलाई संमान गरेको नेपाल मानव अधिकार संगठन दोलखाका सचिब बलराम शिवाकोटीले जानकारी बताए । त्यसै गरी जिरीका सामाजिक अभियानता नागरिक अधिकार कर्मी केन्द्र ज्योति खड्का र पत्रकार गौतम जिरेललाई पनी सोही कार्यक्रममा सम्मान गरिएको सचिव शिवाकोटीले जानकारी दिए ।

सम्मान हुने सबैप्रती बधाई ज्ञापन गर्दै अध्यक्ष चौलागाईंले आगामी दिनमा समेत मानव अधिकार संरक्षणको क्षेत्रमा थप योगदानको अपेक्षा राखेको बताउँदै दोलखाली नागरिकको अधिकार संरक्षणमा नेपाल मानव अधिकार संगठन दोलखा शाखाले सशक्त भुमिका निर्वाह गरेको र नागरिक सर्बोच्चताको लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै जिरी नगरपालिकाका नगरप्रमुख टङ्क जिरेलले जिरी नगरपालिकामा मानव अधिकारको क्षेत्रमा नागरिक सुसूचित कार्यक्रम समानान्तर भैरहेको र यस प्रकारको प्रशिक्षण कार्यक्रमले यस क्षेत्रका नागरिकहरुको आफ्नो अधिकार रक्षार्थ थप टेवा पुग्ने कुरामा बिश्वास रहेको भनाई राख्नु भएको थियो ।
यसै गरी उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षक द्वय वरिष्ठ अधिवक्ता दिनेश त्रीपाठी र प्रा. डा. गोविन्द ढकाल लगायत जिरी नगरपालिकाको न्यायीक समितिका प्रतिनिधिहरु, तिनै सुरक्षा तहका प्रशिक्षार्थीहरु, पत्रकार तथा नागरिक समाजका अगुवाहरुको समेतको सहभागिता रहेको थियो ।
जिरी नगरपालिकाका नगर प्रमुख टंक जिरेलको प्रमुख आथित्यतामा संचालित उक्त कार्यक्रम नेपाल मानव अधिकार संगठन जिल्ला शाखा दोलखाका अध्यक्ष दिपशंकर चौलागाईंको अध्यक्षता सम्पन्न भएको थियो ।