बाँपीझ्याला, काठमाण्डौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्नै कार्यालयको विशिष्ट कक्षमा पत्रकार सम्मेलन गरि गत २०७७ चैत्र २९ र ३० गते राजधानीमा सम्पन्न महासंघको २२ औं साधारण सभामा देशभरका एक हजार भन्दा बढी व्यवसायीहरूको सहभागिता रहेको साधारण सभाबाट पारित निर्णयहरुलाई सार्वजनीक तथा नयाँ कार्ययोजनाहरु महासंघको आफ्नै कार्यालय अनामनगरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्बजनिक गरिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कोविड १९ कहरविच पनी अर्थतन्त्र चलाएमान हुनु पर्ने विचार व्यक्त गर्नु भयो । यसैगरी कोविड १९ को संक्रमणको कारणले अन्य क्षेत्रमा जसरी असर पुगेको छ । त्यसै गरी यस क्षेत्रमा पनी असर पू¥याएको भनाई राख्नु भएको थियो ।
‘तर अर्थतन्त्रलाई चलायमान बनाउन स्वास्थ्यको मापदण्ड अपनाई निर्माण कार्यहरू संचालन गर्नुको विकल्प नभएको पनी अध्यक्ष सिंहले बताए । म्याद थपमा देखिएको जटिलता, निर्माण सामाग्रीको अभाव, चर्को मुल्यवृद्धि लगायतका कारणले मुलुकको निर्माण उद्योग व्यवसाय समस्याग्रस्त रहेको बताउँदै अध्यक्ष सिंहले व्यवसायीरूका माग पूरा नभए महासंघ आन्दोलनमा जान बाध्य हुने बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे पूर्वाधार क्षेत्रको विकास विना आर्थिक समृद्धि असम्भव रहेको बताए । निर्माण सामाग्रीहरूको अभाव भइरहँदा निर्माण व्यवसायीहरूले आफ्नो काम गर्नै नसक्ने अवस्था आएको भन्दै उनले व्यवसायीहरूका मागमा राज्य उदासीन रहेको बताउनुभयो ।
यसै गरी महासचिव रोसन दाहालले ४१ बुँदे कार्ययोजना प्रतिवेदन पढेर सुनाउनु भएको थियोे । ४१ बुँदे कार्ययोजना सार्वजनीक गर्दै यसबारे सरकार सकारात्मक हुने कुरामा विश्वास रहेको भनाई राख्नु भयो । सार्वजनिक गरिएको कार्ययोजना बारे सबैले जानकारी पाउनको लागि महासंघको वेबसाइट धधध।ाअबल।यचन।लउ लग इन गरेर हेर्न सकिने समेत जानकारी दिनुभयो । यसैगरी कुनै जिज्ञासा र प्रतिक्रिया राख्नु परेमा ाअबलडढठछ२नmबष्।िअयm मा राख्न समेत आग्रह गर्नु भएको छ ।
सो कार्ययोजनाको प्रतिवेदनमाथि पत्रकारहरुले जिज्ञासा राख्ने क्रममा कार्य योजनाको बारेमा उठेको प्रश्नको जवाफ दिनुहुँदै अध्यक्ष रवि सिंहज्यूले सबैले आ–आफ्नो ठाउँबाट आत्मसात् गरेमा असम्भव नहुने कुरा बताउनु भएको थियो ।
त्यसैगरी एक अर्को प्रश्नको उत्तरमा कोभिड–१९ ले यस नेपाल निर्माण महासंघको कार्ययोजना कार्यक्रममा धेरै अप्ठ्यारा अवस्था बेहोर्नुपरेको बताउनु भयो । कार्यक्रममा पत्रकारहरु र निर्माण व्यवसायी महासंघको सवाल जवाफ पछि उपाध्यक्ष श्री निकोलस पाण्डेज्यूले यस निर्माण व्यवसायी महासंघले गर्न खोजेको केही योजनालाई सरकारी तवरबाट आलेटाले गर्न खोजेको भनाई अध्यक्षले राख्नु भएको थियो ।
कुनैपनि व्यक्ति उपर लाागेको अभियोग अदालतबाट अन्तिम रुपमा ठहर फैसला भई सजाय नभएसम्म निर्दोष मानिने संवैधानिक व्यवस्था भएको हुँदा सो संवैधानिक व्यवस्था विपरीत हुने गरी कुनै निर्माण कम्पनी वा संचालकलाई अदालतबाट अन्तिम फैसला नहुन्जेलसम्म भ्रष्टाचारकोे मुद्दा मामिलाको अभियोग लागेको कारणले मात्र टेण्डर प्रक्रियामा सहभागी हुनबाट बन्चित गरिनु हुँदैन भनी महासंघको घोषणा पत्रमा उल्लेख छ ।
दुई अर्ब रुपैयाँसम्मको लागत अनुमान (मुल्य अभिवृद्धि कर समेत) भएको निर्माण कार्यको खरिदमा ऐनको दफा १५ को अवस्थामा बाहेक राष्ट्रियस्तरको खुला बोलपत्रको माध्यमद्वारा स्वदेशी बोलपत्रदाताहरुबीच मात्र प्रतिस्पर्धा गराई खरिद गर्नु पर्ने महासंघको माग छ ।
निर्माण व्यवसाय ऐन, २०५५ मा गरिनुपर्ने संशोधन र निर्माण व्यवसाय नियमावली, २०५६ मा गरिनुपर्ने संशोधन र थप व्यवस्थाका बारेमा पनि घोषणापत्रमा उल्लेख छ । महासंघले घोषणापत्र मार्फत नै व्यवसायीक प्रवद्र्धन सम्बन्धि आफ्नो कार्ययोजना र अन्तर्राष्ट्रिय सम्बन्धको विकास तथा व्यवसायीक सुदृढिकरण सम्बन्धी कार्ययोजना सार्वजनिक गरेको छ । ४१ बुँदे काठमाडौं घोषणापत्र सरोकारवाला सबै निकायहरू समक्ष पेश गर्ने कार्य शुरु भइसकेको महासंघले जनाएको छ ।
अन्तमा जस्तोसुकै परिस्थितिमा पनि यो महासंघले आगामी चरणमा सुदृढीकरणका साथ आफ्नो कार्य सुचारु राख्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ वर्ष २०७८ सालको शुभकामना दिंदै उपस्थित पत्रकारहरुलाई धन्यवाद दिनुभै कार्यक्रम समाप्तिको उद्घोष गर्नुभएको थियोे । कार्यक्रमको समाप्तिपछि खाजा र चियाको साथमा सम्पूर्ण पत्रकारहरुलाई यस वर्षको क्यालेन्डर, विशेषाङ्क पुस्तक सहित झोला वितरण गरिएको थियोे ।