Search

पाईपलाईन मर्मतको लागि सहयोग

पाईपलाईन मर्मतको लागि सहयोग

बद्री दाहाल,
बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालिका वडा नं २ (साविक वडा नं ४,फुलपा) स्थित नागढुङ्गा निचिपुल सामुदायिक वनमा पुनः मिति २०७७ चैत्र ३१ गते लागेको डढेलोले वन सङ्गै ४० घर धुरीले प्रयोग गर्दै आएको करिब ९ शय मिटर खानेपानीको पाइप जलेर नस्ट भएको थियो ।

उक्त नष्ट भएको कार्यको लागि तत्कालको लागि मर्मत गरि खानेपानीको ब्यवस्था गर्न सक्ने सम्भावना नरहे पछि स्थानिय वािसन्दाको तर्फबाट मिति २०७८ बैशाख २ गते सम्बन्धित वडा कार्यालय, भीमेश्वर नगरपालिका, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चरिकोट लगायत विभिन्न संघ संस्थाहरुमा यथाशीघ्र पाइप उपलब्ध गराई खानेपानीको हाहाकार हुन नदिनको लागि निवेदन पेश गरेको भनाई रहेको छ । यसरी निवेदन पेश गर्दा उक्त कार्यालयहरुबाट आश्वासन बाहेक अरु सहयोग प्राप्त गर्न नसकेको स्थानिय युवा बद्री दाहालको भनाई रहेको छ ।

यस कार्यलाई अस्थाई रुपमा समाधान गर्नका लागि समाजसेवी, पत्रकार दोलखा निवासी विवेकशील साझा पार्टीका जिल्ला अध्यक्ष अनिल चन्द्र श्रेष्ठको विशेष पहलमा तत्काल खानेपानीको व्यवस्था गर्न सहयोग स्वरुप रु ४५ हजार पाँचशय उपलब्ध गराउनु भई सामान खरीद गरी काम शुरु गरिएको दाहालले बताए ।

यसबारेमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ संग सम्पर्क गर्दा आफुलाई औपचारीक रुपमा कुनै पत्र नआएको र दोलखाको नागढुंगा स्थित उक्त बन मात्र आगो लागि भएको होईन तिलिञ्चो, कारीपोक, कालरवन र कस्तीपाखा लगाएत सवैतिर आगो लागी भएको छ । यस बारेमा बिस्तृछ छलफल गर्न सम्वन्धीत टोलवासीहरु भोली वडामा आउने र सो बारेमा छलफल हुने समेत बताउनु भयो ।

भैपरी रुपमा कुनै घटना घट्न सक्छ तर तुरुन्तै यसको समाधान भयो र भएन भनेर टिकाटिप्पनी गर्ने र क्षणिक रुपमा सहयोग प्राप्त भए राम्रो र नभए नराम्रो भनेर भनी हाल्नु भन्दा पनी ढिलो चाडो स्थानिय निकायको पहलमा समस्याको समाधान हुने भएकोले यसबारेमा दुश्प्रचार नगर्न र नगराउन सम्वन्धीत सबैमा आग्रह गर्नु हुर्दै यसबारेमा छलफल भईरहेको र कति ठाउँको बारेमा छलफल पश्चात निर्णय हुने वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!