राजेश श्रेष्ठ
बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ पाखलती स्थित बसपार्क आसपासका छेउ छेउको सडक बाटो मर्मत सोलिङ, केहि स्थानमा ढलान र यातायात गुड्न सजिलो होस भन्ने अभिप्राय:ले सडकमा डिर्माकेशन गर्ने कार्य अभयपुर युवा क्लव दोलखाको सक्रियतामा कार्य भईरहेको र केहि कार्य सम्पन्न गरिएको छ ।
यसै गरी बसपार्क स्थित रहेको सार्वजनिक शौचालय सफाई, गाडीहरुको पार्कीङ व्यवस्थापन गर्ने आदि कार्यहरुको व्यवस्थान गर्दै शौचालय प्रयोग गर्न र पार्कीङ्गको लागि स–शुल्कमा सेवा दिने गरि संचालनमा ल्याउने जुन कार्य क्लवकै सक्रियता गर्न लागिएको थाहा भएको छ । यसको कानूनी प्रावधानको लागि स्थानिय निकाय भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा र भीमेश्वर नगरपालीकाबाट सिफरिस लिनको लागि पहल भईरहेको समेत जानकारी दिनु भयो ।

यसरी गरिएको कार्यलाई सम्पन्न गर्नको लागि स्थानिय दोलखावासी व्यवसायी र दोलखा घरभई आफ्नो काम, व्यवसायले दोलखा भन्दा बाहिर बस्नु हुने दोलखाली दाजुभाई, दिदिबहीनी र दोलखाली चेलीबेटीहरुबाट उक्त कार्यको लागि सहयोग प्राप्त भईरहेको क्लवका अध्यक्ष राजेश श्रेष्ठले बताए । हालसम्म रू. ७७,७००/– प्राप्त भईसकेको यसको विस्तृत विवरण फेसवुकमा प्रकाश गर्दै आएको र यसरी सहयोग गर्नु हुने सहयोगी मनहरु प्रति आभार प्रकट गर्दै क्लवको तर्फबाट धन्यवाद व्यक्त गर्नुका साथै यस कार्यको लागि अझ सहयोगी हातबाट सहयोग प्राप्त हुनेमा आफु विश्वस्त रहेको समेत अध्यक्ष श्रेष्ठले बताए ।
यस बारेमा भीमेश्वर नगरपालीका वडा नं २ का वडाध्यक्ष विराजमान श्रेष्ठसँग सम्पर्क गर्दा दोलखाली युवाहरु अभयपुर युवा क्लवको नामबाट दोलखा स्थित पाखलती बसर्पाक स्थित सार्बजनिक शौचालय, बाटो छेउ छेउको खाली जग्गामा ढुंगा ओच्छ्याई ढलान गर्ने र अव्यवस्थीत पार्कीङलाई व्यवस्थित गर्ने जुन अभियानमा लागेको छन् यसबारेमा वडाले सकारात्मक लिएको भनाई व्यक्त गर्नु भयो । साथै शौचालय संचालनको लागि वडाबाट सिफारिस दिईने र मोटरसाईकल, गाडी पार्कीङको लागि भीमेश्वर नगरपालीका बाट छिट्टै सिफारिस लिने कार्यमा लागि रहेको समेत बताउनु भयो ।