Search

पाथीभरामा एकै दिन ८ हजार भन्दा बढी दर्शनार्थी

पाथीभरामा एकै दिन ८ हजार भन्दा बढी दर्शनार्थी

बाँपीझ्याला, ताप्लेजुङ । पाथीभरा मन्दिर दर्शनका लागि हिजो मंगलबार आठ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार मंगलबार बिहान २ बजेदेखि दिउँसो २ बजेसम्म २१ जिल्लाका ८ हजार ५५ जनाले मन्दिर दर्शन गरेका छन् । ताप्लेजुङको पाथीभरा मन्दिरमा मंगलबार दर्शनार्थीको घुइँचो ।


३ हजार ७ शय ९४ मिटर उचाइमा रहेको पाथीभरा दर्शनका लागि जाने भक्तजनको मन्दिरभन्दा साढे २ किलोमिटर वरै लगत राख्ने व्यवस्था रहेको छ । ‘रामनवमीका बेला पहिला पनि ठूलै संख्यामा तीर्थयात्री आउँथे, काफ्लेले भने, ‘यो वर्ष पनि राम्रै संख्यामा आएको पाईयो । यो वर्षको रामनवमी आज बुधबार परेको छ । त्यसैले आजपनी हजारौंको संख्यामा भक्तजन आउन सक्ने माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराई बताउनु हुन्छ ।

उनका अनुसार माथिल्लो फेदी, काफ्लेपार्टीका सबै होटल मंगलबार दिउँसै भरिएका छन् । सामान्यतया दर्शनार्थी चैतेदसैंका दिन सदरमुकाम फुङलिङ, सुकेटार, काफ्लेपार्टी र फेदीमा पुगेर बस्ने र रामनवमीका दिन पूजा गरेर फर्कने गर्छन् । मन्दिर दर्शनमा स्वास्थ्य मापदण्ड पालना गराइएको समिति कर्मचारी राजेन्द्र महतले दाबी गरे ।

सानो समूह बनाएर एकपछि अर्को गर्दै पूजाको व्यवस्था मिलाइएको उनको भनाई रहेको छ ।

ेंै

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment