Search

माओवादी अलमलमा, भोलि पनि बैठक डाकियो

माओवादी अलमलमा, भोलि पनि बैठक डाकियो

बाँपीझ्याला, काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे नेकपा माओवादी केन्द्रमा अलमल देखिएको छ । नयाँ सरकार गठनका लागि स्पष्ट खाका तयार नभएकाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ गरेको हो ।

आज मंगलबार पार्टी कार्यालय पेरिडाँडा कोटेश्वरमा बसेको माओवादी स्थायी कमिटी बैठकमा पनि समर्थन फिर्ताबारे छलफल भएपनि निर्णय हुन सकेन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा यस विषयमा छलफल भएपनि निर्णय नभएको बताए । उनले नयाँ सरकार गठनका लागि काँग्रेसलगायतका दलसँग छलफल भइसकेको र त्यसले छिट्टै निष्कर्षमा पुग्ने बताए ।

उनले भोली बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको र सो बैठकले यसबारे निर्णय लिनसक्ने संकेत गरे । यद्यपि, उनले ओली सरकारलाई पार्टीको कुनै पनि हिसाबले समर्थन नरहेको भन्दै मात्रै कानुनी रुपमा मात्रै समर्थन रहेको बताए ।

वर्तमान सरकारले संविधान र लोकतन्त्रको विरुद्ध काम गरिरहेको, नेपाली जनताको जनादेशविरुद्ध काम गरेको, कम्युनिस्ट आन्दोलनका विरुद्ध काम गरेको र बिसर्जनवादी आक्रमण गरेको, बाह्य हस्तक्षेपलाई आमन्त्रण गरेको ठहर बैठकले गरेको पनि उनले बताए ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment