Search

आजबाट कोरोनाविरूद्ध दोस्रो चरणको खोप सुरु

आजबाट कोरोनाविरूद्ध दोस्रो चरणको खोप सुरु

बाँपीझ्याला, काठमाण्डौं । सरकारले आजदेखि कोरोनाविरूद्ध दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको छ । विश्वभर महामारीको रुपले फैलिएको कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएकालाई आजदेखि दोस्रो डोज लगाउन आजदेखि सुरु गरेको हो । खोप अभियान बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने छ भने उक्त अभियान वैशाख ११ सम्म जारी रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोनाविरूद्धको पहिलो डोज खोप गत माघ १४ देखि फागुन १० सम्म लगाइएको थियो । ADVERTISEMENT त्यस अवधिमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान र बैंकमा तथा वित्तीय संस्थाका कर्मचारीलगायतले खोप लगाएका थिए ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!