Search

उच्च सतर्कतासहित सेवा दिन नेपाल राष्ट्र बैंकको निर्देशन

उच्च सतर्कतासहित सेवा दिन नेपाल राष्ट्र बैंकको निर्देशन

७ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । कोभिड–१९ को संक्रमणको दोस्रो लहर फैलँदै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले सोमवार सूचना जारी गर्दै संक्रमण तीव्र बढेकाले सजग भएर कारोबार गर्न निर्देशन दिएको हो ।

नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवाप्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई कम गर्न निर्देशन दिइएको छ ।

सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्थालाई सेवाप्रवाह गर्न भनिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवाहरू यथा सम्भव विद्युतीय माध्यमबाट गर्न तथा गराउन केन्द्रीय बैंकले सुझाव दिएको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!