अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अबसरमा खेलकुद सामाग्री बितरण तथा विद्यार्थी भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल बिद्यार्थी संघ दोलखाका बिद्यार्थी नेता राजन बस्नेतको सभापतीत्व, नेपाली काँग्रेस दोलखाका पार्टी सभापति रुद्र बहादुर खड्काज्युको प्रमुख आतिथ्य, नेपाली काँग्रेस दोलखाका नेता एवं नेपाल तामाङ संघका केन्द्रिय महासचिव, नेपाल विद्यार्थी संघका पुर्ब अध्यक्ष बर्मा लामाज्युको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

यसै गरी उक्त खेलकुद सामाग्री वितरण कार्यक्रममा नेपाली काँग्रेस दोलखाका पार्टी सचिव सन्तोष रिमाल, बाल कृष्ण आचाय (सुर्य) पार्टी सहसचिव एवं वडा अध्यक्ष हरिशरण सिवाकोटी नेपाली काँग्रेस दोलखा प्रदेश सभा (ख) का सभापति जयराम श्रेष्ठ, क्याम्पस प्रमुख शान्त बहादुर के. सि, कालिन्चोक मा बि का साहायक प्र.अ गणेश श्रेष्ठ, पत्रकार शम्भु गौतम, नेपाल विद्यार्थी संघका नेता तुल्साङ लामा, मिङ्माछेकी शेर्पा, धनराज तामाङ, सुमन पोखरेल लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा खेलकुद सामाग्री सहयोगी मनहरु महाधिवेश प्रतिनिधी कुलराज थापा, च्याङ्गा शेर्पा, नेपाली काँग्रेस पूर्व उपसभापती कृष्ण बहादुर खड्का, युवा नेता कुमार अधिकारी र नेपाल बिद्यार्थी संघ दोलखाका अध्यक्ष भीम खड्काले सहयोग गर्नु भएको नेता राजन बस्नेतले बताउनु भयो ।