Search

रात्रीकालिन व्यवसायीले सरकारको निर्णय नमान्ने, हस्तक्षेप गरे प्रतिकारमा उत्रने चेतावनी

रात्रीकालिन व्यवसायीले सरकारको निर्णय नमान्ने, हस्तक्षेप गरे प्रतिकारमा उत्रने चेतावनी

बाँपीझ्याला, काठमाण्डौं । सरकारले धेरै भिडभाड हुने क्षेत्र बन्द गराउने निर्णय सार्वजनिक गरेपछि असन्तुष्ट बनेका व्यवसायी प्रतिकारको तयारीमा जुटेका छन् । सरकारले सोमबार धेरै भिडभाड हुने क्षेत्र वैशाख महिनाभरिका लागि बन्द गराउने निर्णय गरे लगतै रात्रिकालिन व्यवसायीहरूले पत्रकार सम्मेलन गरेर अवज्ञा गर्ने चेतावनी दिएका छन् ।

मन्त्रिपरिषद्को निर्णयले रात्रिकालीन मनोरञ्जन क्षेत्र, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस, रात्रिकालीन व्यवशायहरू डान्सबार, दोहोरी साँझ, नाचघर, पार्टी प्यालेस, हाटबजारलगायतमा रोक लगाउन निर्णय गरेको छ । यस्ता क्षेत्रमा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न कठिन हुने र कोरोनाको जोखिम कायमै रहने भन्दै वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय छ । तर रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको छ । सरकारको निर्णयको विरोधमा व्यवसायी तथा कर्मचारीले मादल, खैँजडी, स्कर्ट आदि बोकेर आन्दोलनमा उत्रिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

सरकारले दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय जबरजस्ती बन्द गराए सञ्चालक र कर्मचारी गरी ८० हजारले संयुक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक विनोद श्रेष्ठले सरकारले बल प्रयोग गरेर दोहोरी साँझ तथा रात्रिकालिन बन्द गराएमा त्यसको प्रतिकारमा उत्रिले बताए । श्रेष्ठले भने, ‘पहिले पनि ९ महिना बन्द गरेको हो । अन्य व्यवसाय खुल्दा पनि हाम्रो भने बन्द नै रहेपछि हामीले आन्दोलन नै गरेर खुलाएका थियौँ ।

अब पनि आन्दोलनमा उत्रिन तयार छौँ ।’ दोहोरी साँझ तथा रात्रिकालिन व्यवसायमा २० अर्ब लगानी रहेको र प्रत्येक वर्ष सरकारलाई ७ अर्ब कर तिरेको बताउनु भयो ।

कोरोनाको विकल्प बन्द मात्रै नभएको र स्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालन गरेर दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने श्रेष्ठको भनाइ छ । रात्रिकालिन व्यवसायी सङ्घ चाबहिल शाखाका संयोजक केशरबहादुर बुढाथोकीले अब पनि सरकारले बलपूर्वक बन्द गराए मादल, खैजेडी र स्कट लिएर आन्दोलनमा आउने बताए । बुढाथोकीले भने, ‘सरकारले गरेको निर्णयको हामी सयुक्तरुपमा विरोध गर्छाैं ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!