Search

तामाकोशी नदिमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका एक युवकको मृत्यु

तामाकोशी नदिमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका एक युवकको मृत्यु


अजय प्रधान,
बाँपीझ्याला, दोलखा
। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. – ५ तामाकोशी स्थित नदिमा पौडी खेल्न गएका शैलुङ गाउँपालिका वडा नं.– ३ का २० वर्षिया फुर्गेन तामाङको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा तामाकोशी नदिमा डुबेका तामाङलाई तत्कालै उद्धार गरि उपचारका लागी सदरमुकाम चरिकोट ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अन्जन कोइरालाले जानकारी दिनु भएको छ । मृतक तामाङको शव चरिकोट अस्पताल स्थित शव गृहमा राखीएको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment